इनरूवा । केही दिन यता सुरू गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले राहदानीको फारम भर्न तथा फोटो खिचाउने काम एकैदिन गर्न थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।
सेवाग्राहीलाई सहज वाताबरणमा राहदानी प्रदान गर्ने उदेश्यका साथ प्रशासन आफैले फारम भर्ने र सोही दिन फोटो खिच्न सक्ने व्यवस्था गरेको हो
गत आइतबारबाट सुरु गरिएको सेवामा अहिले तत्काल दैनिक १ सय २० जनालाई सेवा दिने र यो सङ्ख्यालाई बिस्तारै वृद्धि गर्दै लैजाने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
‘म आएदेखि नै सेवालाई कसरी चुस्त, दुरुस्त बनाउन सकिन्छ भनेर काम भइरहेको छ,’ उनले भनिन्, ‘राहदानीको सन्दर्भमा हामी अब टोकन सिस्टम नै बनाएका छौँ ताकी कसैले दिनभर कुर्नु नपरोस्, आए पछि रित्तो फिर्ता हुन नपरोस् ।’
कार्यालयले फारम भरेर पठाएका र स्वीकृत नभएका राहदानीका साथै अन्य कामहरू अवरुद्ध कामहरूलाई चुस्त दुरुस्तताका साथ अगाडि बढाउने बताएको छ ।
‘कार्यालयलाई केही परिवर्तन गरेर जानु छ, कुनै समस्या आएमा तत्काल प्रशासनलाई खबर गर्नुहोला ।’ उनले भनिन् ।
सेवाग्राहीको चापलाई मध्यनजर गर्दै हाल १२० जनालाई मात्र सेवा दिइएपनि केही समयपछि यो संख्या बढाइने प्रशासनले जनाएको छ ।
Discussion about this post