पुष्पा यादव/ चिराैली । नेपाल रेडक्रस सोसाइटीले भाेक्राहा नरसिंह वडा नम्बर ८ साेनयाहीका अग्नी पीडितलाई राहत प्रदान गरेको छ। आइतबार अबेर भएको आगलागीबाट विस्थापित भएका तथा क्षति व्यहोरेका ५ परिवारलाई नेपाल रेडक्रस साेसाइटी भाेक्राहा नरसिंह उपशाखाले पीडितहरूलाई बन्दोवस्तीका सामान प्रदान गरेको हो।
हिजाे भएको आगलागीमा परेर भाेक्राहा नरसिंह वडा नम्बर ८ (साेनियाही) का स्थानीय खुर्शिद अंसारी,फराहान अंसारी,हनिमन असारी , समिद मियाँ र इर्फान अलीको घर सहित उनीहरूको घरमा भएको खाद्यान्न सामग्री, लत्ताकपडा, गरगहना र एक थान माेटरसाइल सहित झन्डै ३५ लाख बराबरको क्षति भएको थियोे ।पीडित परिवारलाई नेपाल रेडक्रस साेसाइटी भाेक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल र सचिव रामकुमार मेहता, पवन मेहता लगायतका टीम सहित पालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव , नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य सुनिल साह, जसपा नेपालकि केन्द्रीय सदस्यीय हंशा साह, जसपा नेपाल भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महिन्द्र यादव सहितका टीमले अग्नि पीडितको घरमै पुगेर रेडक्रसकाे तर्फबाट राहत वितरण गरेका हुन् ।
अग्नि पीडितलाई छुट्टाछुट्टै एक थान त्रिपाल, दुई थान कम्वल, एक थान म्याट्रेस, एक सेट भाँडा, ३.५ मिटर सर्ट कपडा, एक थान साडी, सात मिटर प्रिन्ट कपडा, दुई मिटर सादा कपडा, चार मिटर सटकपडा र एक सेट बकेट प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी भाेक्राहा नरसिंह उपशाखा सभापति दाहालले बताए। राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरी बेश क्याम्प भाेक्राहा नरसिंह ८ उल्टी का बिओपी पति एवं सशस्त्र प्रहरी निरिक्षक नवीन अधिकारी, प्रहरी चाैकी उल्टीका प्रहरी सहायक निरिक्षक अर्जुन थापा मगर, नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला सदस्य दिपेन्द्र यादवको लगायतको उपस्थिति रहेको थियोे ।
Discussion about this post