इनरुवा । सुनसरीका किसानहरुले जग्गामा उरर्वरा शक्ती बनाउन र आफूलाई खान पनि हुने गरि दलहन बाली लगाउन थालेका छन् । यहाँका विभिन्न स्थानीय तहका किसानहरु दलहन बाली अन्तर्गत खेसरी, मुगं, रहर र मुसुरो दाल खेतीतर्फ आकर्षित भएका हुन् ।
खेतमा दलहन बाली गर्दा धान र गहुँ तथा मकैं बाली सिजनमा राम्रो उत्पादन हुने र दाल समेत उत्पादन हुने भएकाले किसानहरु खेसरी, मुगं, रहर र मुसुरोको दालखेती तर्फ आकर्षित भएको दुहवीका आषिश यादवले जानकारी दिनुभयो । इनरुवा ९ का किसान गुडका रामले दलहन बालीले जग्गाको शक्ती बढ्ने भएकाले खेसरी, मुगं, रहरको साथै मुसुरोको दाल लगाएको बताउनुभयो । रामले केही किसानले आफ्नो खेतमा किसानले सिजन अनुसारको दाल लगाएको बताउनुभयो । उता इटहरी उपमहानगरपालिका वडा नं. १३ का किसान बुधो सरदारले एक वर्ष विराएर आफ्नो जग्गामा मुसुरोको दाल लगाउदै आएको जानकारी दिनुभयो ।सरदारले दाल खान फनि हुने र विक्रि गर्दा महगोंमा वित्रि हुने भएकाले अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने भएकाले खेसरी, मुगं, रहर पाँच कठामा र एक विघामा मुसुरो लगाएको बताउनुभयो । , खेतको उरर्वरा शक्ती पनि राम्रो हुने भएकाले मुसुरोको दालखेती लगाएको अर्का किसान सियाराम यादवले बताउनुभयो । बजारमा किन्न पाइने दालहरुमा मिसावट हुने भएकाको आफ्नो खेतमा खानका लागि उब्जाएको दालमा शुद्धता रहेको सरदारले बताउनुभयो ।
त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं. ११ का अर्का किसान भेदुलाल विश्वासले सिमरबना र बनरझुला क्षेत्रका किसानले पनि मुसुरोको दाल उत्पादन गर्नुभएको छ । वहाँले आफ्नो गाउँटोलमा १० विघा बढीमा किसानहरुले मुसुरोको दालखेती लगाएको जानकारी दिनुभयो । आफ्नै खेतबारीमा उब्जाएको दाल आफ्नो घरको भान्सामा खपत गर्नुका साथै सो भन्दा बढी उब्जाएको मुसुरो दाल बजारमा विक्रि गरेको जानकारी दिनुभयो ।
Discussion about this post