मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुरबाट लागुऔषध ओसारपसारमा भारतिय नागरिक संग्लग्न हुन थालेका छन । साईकलमा आलु बेच्न र कवाडी संकलन गर्न आउने भारतिय नागरिक नै लागुऔषध ओसारपसारमा सक्रिय रहेका छन । आज बुधबार लागुऔषध सहित भारतिय नागरिक पक्राउ परेका छन । प्रहरी चौकी कालाकुण्डा,कैलालीबाट डियुटीमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. ७ स्थित सडक खण्डमा कालो रंगको साईकल चलाई आउदै गरेको भारत उत्तर प्रदेश जिल्ला लखिमपुर खिरी, तिकुनिया थाना सैनखेरा अमिरखापुरुवा बस्ने बर्ष २६ को सहबान खाँलाई रोकी रित पुर्व निजको शरीर तथा साईकलको तलासी गर्दा निजले साईकलको पछाडी बाँधेर राखेको बोराको किनारमा सिलाएर राखेको अबस्थामा कालो रङको प्लाष्टिकको पोका थान २ (दुई) प्लाष्टिक सहितको कुल तौल २ (दुई) ग्राम ६९० (छ सय नब्बे) मिलिग्राम र प्लाष्टिक बाहेक कुल तौल २ (दुई) ५०० (पाँच सय) मिलिग्राम लागु औषध ब्राउन सुगर (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी रित पुर्वक बरामद गरि आवश्यक कारबाहीको लागि यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
दुईदिन अधि मात्रै जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. ७ सोनाफाँटा स्थित भारतकाे लखिमपुरखिरी जिल्ला तिकुनिया बस्ने बर्ष २० को सतिष रानालाई ४ (चार) ग्राम ८८० (आठ सय असी) मिलिग्राम लागुऔषध सहित पक्राउ गरिएकाे थियाे । प्रहरीले चाैकी कालाकुण्डाका प्रहरी नायब निरिक्षक डेनि बहादुर स्वाँर ले जानकारी दिएका छन । निजलाई ईलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भई रहेकाे ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।निजलाई लागुऔषध काराेबारी सम्बन्धी मुद्दा चलाईने ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्बब भाटले जानकारी दिनु भएकाे छ ।
Discussion about this post