इनरुवा । सुनसरीबाट बैदेशिक रोजगारमा गएका र जान तयारीमा रहेकाहरुले ठगीमा परेको तथा अन्य कानुनी व्यवस्था अनुसार पीडितहरुले चार वर्षमा ६ करोड बढी रकम क्षतीपुर्ति बापत पाएका छन् ।
बैदेशिक रोजकारका नाममा पीडित भएकाहरुले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरी मार्फत क्षतीपुर्ति बापतको रकम पाएका हुन् । इनरुवामा मंगलबार भएको पत्रकारसंगको अन्तक्र्रिया कार्यक्रममा संयोजक धिरज भट्टराईले दिनुभएको जानकारी अनुसार आप्रवासी स्रोत केन्द्र र अन्य निकायको समन्वयमा जिल्लाका पीडितहरुले २०७६ देखी हालसम्म चार वर्षमा ६ करोड ४० लाख ३५ हजार ५०० रूपैयाँ क्षतीपुर्ति बापत पाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र र प्रहरीको सहयोगमा ७२ लाख ५७ हजार ५०० रुपैयाँ, श्रम कार्यालय प्रदेशको सहयोगमा तीन लाख ३० हजार , पिपुल फोरमको सहयोगमा एक लाख र मृत्यु सम्बन्धी क्षतीपुर्ती पाँच करोड ६३ लाख ४९ हजार सहित अन्य निकायको समन्वयमा ६ करोड ४० लाख ३५ हजार ५०० रुपैयाँ क्षतीपुर्ति बापत पाएको जनाएको छ ।जिल्ला स्थित विभिन्न सञ्चार मध्यमा आवद्ध भएका पत्रकारहरुलाई इनरुवा नगरपालिकाको सभाहलमा सुरक्षित आप्रवासन सम्बन्धी एक दिने अन्तक्र्रिया मार्फत सामीले आर्थिक वर्ष २०७६–२०७७ देखि चालु आर्थिक वर्षसम्म जिल्लाबाट विशेषगरी रोजगारी तथा अन्य कार्यको सिलसिलामा तेस्रो मुलुकमा जाने नागरिकहरुको तथ्याङ्क समेत सार्वजनिक गरेको छ ।
यहाँबाट सामीमा परामर्श लिएर विदेश जाने १७ हजार ९०० पुरुष र ३८५५ महिला गरि २१ हजार ७५५ जना रहेका छन् । उहीलाई परामर्श दिएको अधारमा दुवै वर्गका जनशक्ति विदेश पलायन भएको देखाइएको छ । सामीले १२९ पुरुष र ८७ महिला महिलाहरुलाई निशुल्क रुपमा सीपमुलक तालिम लिएको जनाएको छ । सामीले यो तथ्याङ्क श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कमा आधारित भएको जनाएको छ ।
सामीले सार्वजनिक गरेको प्रतति प्रतिवेदन अनुसार सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवम् शोषण रहित बनाउन नेपाल सरकार र स्विटजरल्याण्ड सरकार बीच भएको द्विपक्षीय सम्झौता अनुरुप संचालित रहेको छ । वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मूलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित गराउने उद्देश्यका साथ यो कार्यक्रम हालसम्म जिल्लाका विभिन्न चार स्थानीय तहहरुमा संचालनमा रहेको छ ।
यस कार्यक्रमले आफ्ना कार्यक्रम संचालन हुने ४ वटा स्थानीय तहहरू भएको जनाएको छ । सामीका जिल्ला संयोजक धिरज भट्टराईका अनुसार इनरुवा नगरपालिका, धरान र इटहरी उपमहानरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले संयुक्त समन्वय र ब्यवस्थापनबाट कार्यक्रम संचालन गरिरहेको छ ।
पत्रकार अन्तक्रिर्या कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले कार्यक्रमको उद्घाटन सत्रमा सुरक्षित आप्रवासन, मर्यादित र व्यवस्थित गर्न तथा यसको वर्तमान अवस्थाको बारेमा आ-आफ्नो समग्र धारणा राख्नुभएको थियो ।
Discussion about this post