इनरुवा । छाेराकाे उपचार गर्न बिराटनगर पुगेका विन्देशवर यादव अहिले चिन्तामा परेको छ । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का स्थानीय विन्देशवर यादव(विनेश)काे छाेरा वर्ष ९ काे रूपेश यादवकाे उपचार गर्न हिजाे बिराटनगर पुगेका थिए ।
उनलेे छाेराकाे उपचार गराएर घर फर्किने क्रममा आफुले काम गर्ने एक फर्ममा छाेरालाई राखेर औसधि लिन बजार पुगेर फर्किदा छाेरा फर्ममा नभएको कारण उनलेे आफ्नो साथीहरूलाई फाेन सम्पर्क गरि छाेरा हराएको जानकारी गराएका थिए ।
यादवलाई केही घण्टापछि एउटा अपरिचित नम्बरबाट फाेन आएकाे बताए ।
उताबाट फाेन आएको नम्बरबाट भने तपाईंको छाेरा अपहरणमा परेको छ यदि छाेरा फिर्ता लिनुहुन्छ भने २५ लाख रूपैयाँ लिएर भारतीय बजार जाेगवनी आउन आग्रह गरेको विन्देशवर यादवकाे दाजु रामेश्वर यादवकाे भनाइ छ ।
अपहरणमा परेका बालक काेशी पब्लिक एकेडेमी इनरूवा २ रहेको कक्षा ४ मा अध्ययनरत छन् । उता अपहरणमा परेका बालकको खाेजीकार्य सुरू गरिएको काेशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
Discussion about this post