बुढीगंगा । मोरङको बुढीगंगा गाउँपालिकामा आज नेकपा एमाले बुढीगंगा गााउँकमिटीबाट पालिकालाई एघार बुदे् ज्ञापन पत्र बुझाएका छन् ।
गाउँपाालिकामा चरम भ्रष्टचार मौलाए सँगै कार्यालयको कामहरुमा जनमुखि नभई जनता प्रति असहज अव्यवस्था भएको भन्दै नेकपा एमाले बुढीगंगा गाउँकमिटीले गाउँपालिकामा एघार बुंदे ज्ञापन पत्र पालिकाको प्रमुख प्रशासकिय अधिकृत गिरीराज भट्टराईलाई बुझाएका छन् ।
एघार बुदे ज्ञापन पत्रमा पहिलो बुदामावडा कार्यालय देखी नै दैनिक सिफारीसमा दस्तुर तथा मालपोत, भुमिकरको दायरा अवैज्ञानिक ढंगबाट निर्धारण गरी जनतालाई मारमा पार्नुका साथै भुमि वर्गिकरण समेत जथाभावि गरीएको पहिलो बुदामा रहेको छ ।
त्यसैगरी दास्रो बुदामा योजना विनियोजन भएका पालिका तह , प्रदेश र संघिय बजेटको प्रभावकारी प्राविधिक मुल्यांकन अनुगमन विना काम गरीने कमसल बस्तुको प्रयोग गरीने र उपभोक्त्ता समिति गठन गर्दा विना सुचना प्रवह नगरीकन , आम भेला नगरीकन सिमित स्वार्थकालागी सिमित व्यक्तिमा उपभोक्त्ता समिति गठन सम्पुर्ण वडामा भईरहेको उल्लेख गरीएका छन् ।
त्यसैगरी तेस्रो बुदामा व्यक्तिका निजि जग्गामा जाने बाटोमा बजेट पारी पुल कल्भर्ट बनाउने सँगै भ्रमण तालिमका नाममा जनप्रतिनिधीहरुका परिवार तथा आफन्तलाई मात्र सामेल गरी विभिन्न खालका तालिमहरु एउटै संस्था र व्यक्तिलाई पटक पटक कार्यक्रम सिफारीस गराउने प्रवृति उल्लेख गरीएको छ । त्यसैगरी चौथो बुदामा शिक्षा र स्वस्थय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरी विषय विज्ञसँगै परामर्ष नगरी ऐन निमयका नाममा राजनितिकरण गरी शिक्षा नियमवालि उपहाँस गरीएको उल्लेख गरीएको छ । पाँचौ बुदामा गाउँपालिकाको वेरुजु अत्याधिक वृद्धि भई हाल सम्म २२ करोड ४२ लाख ६० हजार महालेखाको प्रतिवेदन उल्लेख भए अनुसार अषाढ मसान्त भित्रमा असुल उपर गरी वेरुजु रकम असुलि गरी वेरुजुहरुको नाम सार्वजनिक गर्नुका साथै सार्वजनिक सुनुवाई गर्नुपर्ने माग गरीएका छन् ।
छैठौ बुदामा बजेट योजना तर्जुमा लगायत राष्ट्रिय महत्वका विषयमा सर्वपक्षिय बैठक अनिवार्य बोलाउनु पर्ने उल्लेख गरीएको छ । सातौ बुदामा प्रशासनिक तथा दैनिक कार्यमा कर्मचारीलाई न्यायपुर्ण व्यवस्थापन गरी सेवाग्राहिलाई सहज रुपमा दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरीएका छन् । आठौं बुदामा औद्योगिक वातावरण प्रदुषण सम्बन्धी कानुनी उपाय अवलम्बन गरी वातावरणलाई स्वच्छ राख्न उद्योगीहरु सँग वार्गेनिङ नगरीकन कार्यवयन गर्नुपर्ने माग राखेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
नऔं बुदामा गाउँपालिकाबाट लगाइने ठेक्का नियमित गरी आम्दानि व्यवस्थापन गर्नुपर्ने र जनप्रतिनिधिहरु सेवामुखि भन्दा कमाउमुखी भएको भएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ । भने दशौं बुदामा पालिकाले वितरण गर्ने विभिन्न खाले अनुदान पारदर्शी र वास्तविक कृषकको पहुचमा हुने पर्ने र एघारौं बुदामा संघिय सरकारको तराई मधेस समृद्धि विकाश कोषको रकम सडक कालोपत्र गर्न भनि विनियोजन भएको रकमलाई विषयानतर गरी जथाभावी आफु नजिकका उपभोक्त्ता समिति गठन गरी स्थान समेत परिवर्तन गरी प्रतिशत माग गर्ने प्रवृति रहेको देखिएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
ज्ञापन पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले गाउँपालिका कमिटीका सचिव अर्जुन बहादुर बोगटी र गाउँपालिका इन्चार्ज रीता न्यौपानेले सँयुक्त रुपमा हस्ताक्षर गरी ज्ञापन पत्र बुझाएका छन् । उल्लेखीत बुदाहरुमा यथा सिग्र सम्बोधन नभएको खण्डमा नेकपा एमाले कठोर निर्णय लिन बाध्य हुने प्रतिवेदन उल्लेख गरीएको छ ।
ज्ञापन पत्रमा हस्तानतरण कार्यक्रम नेकपा एमाले कमिटि जिल्ला कमिटि सचिवालय सदस्य मकर बुढाथोकी, जिल्ला सदस्य तथा पुर्व वडा नं.१ का वडा अध्यक्ष युवराज पौडेल, लगाएत नेकपा एमालेका नेताहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post