सुरेन्द्र मेहता / इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा निर्माण कार्य सम्पन्न भइसकेको इनारको समुद्घाटन हुने भएको छ ।
इनरुवा नगरपालिकाको चालु आर्थिक वर्ष २०७७/०७८ को नगर स्तरीय योजना अन्तर्गत १५ लाख रुपैँयाको लागतका समपन्न इनारको चैत्र १७ गते मंगलबारका दिन बिहान ९ बजे उद्घाटन हुने उपभोक्ता समितिको अध्यक्ष अभिनन्द यादवले बताए ।
उपभोक्ता समितिका अध्यक्ष अभिनन्द का अनुसार नगरस्तरीय योजना अन्तर्गतको बजेट १२ लाख रुपैँया र ३ लाख उपभोक्ता समितिको बजेट गरी १५ लाख रुपैँयामा इनरुवा नगरपालिकाको लोकतान्त्रिक चौकमा इनरुवाको प्रतिक निर्माणको काम समपन्न गरेको बताए ।
सो इनारको उद्घाटन इनरुवा नगरपालिकाका प्रभावशाली युवा नगर प्रमुख राजन मेहताले गर्ने भएको छ ।
भने इनारको प्रतिक बनेको स्थानमा फाइबर मुर्ति, फाइबर पुटेट इनार, रेलिङ्ग लगायतको काम गरी इनरुवा बजारलाई आकर्षक बनाइएको छ ।
Discussion about this post