देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले पालिका भित्रका किसानहरूको आय आर्जन बृद्धि र स्तरउन्नतीको लागि पालिका अध्यक्ष बेचनप्रसाद मेहताको अगुवाइमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ स्थानीय किसानहरूकाे साथी बन्दै पालिका भरी पुर्ण विद्युतीकरण गर्ने गुरु भएको छ ।
योजना देवानगञ्ज गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा जेठ ११ गते शिलान्यास भएको विधुतीकरणको काम देवानगञ्ज गाउँपालिका वडा नं. २ चमेनिया पोखरी जाने बाटो भन्दा उत्तर तिर विद्युत (पोल) गाड्ने काम धमाधम सुरु भएको छ।
देवानगञ्ज गाउँपालिकाको ५ करोड र नेपाल विद्युत प्राधिकरणको ५ करोड गरी पहिलो चरणमा वडा नं. २, ३, ४, र ५ मा जम्मा १० करोडको आयोजना ठेक्का सम्झौता भएकोले सोही अनुरूप काम सुरु गरिएको जनाईएको छ।
बिहिबार पालिका अध्यक्ष बेचनप्रसाद मेहता, वडा नं. २ का अध्यक्ष जगनारायण मेहता र वडा सदस्यहरुको उपस्थितिमा विद्युत खम्बा गाड्ने काम सुरु गरिएको हो।
यो योजनाले देवानगञ्ज गाउँपालिका भरिका किसानले राहत पाउने भएका छन्। स्थलगत सिंचाईको लागि राम्रो व्यवस्था नभएकोले सतहको पानी पम्पसेटको प्रयोग गरि सिंचाई गर्दा निकै झन्झटिलो र खर्चिलो हुने गर्दछ। सबै किसानले यो योजना समापन पस्चात विधुतको माध्यमबाट सिंचाई गर्न पाउनेछन्।
यता किसानहरु पालिका अध्यक्ष बेचनप्रसाद मेहताले गरेको कार्यको प्रशंसा गरेका छन् । आज सम्म नेपालमै कहीँ लागु नगरिएको योजना हाम्रो लागि पालिका अध्यक्षले ल्याएकोमा प्रसंसा गरेका हुन् ।
स्थानिय किसान डम्बर यादव भन्छन् “धेरै नेताहरूले चुनावको समयमा गरेको बाचा पुरा गर्दैनन् तर हाम्रो अध्यक्षले गरेको बाचा पुरा हुँदै छ, यो योजना बाट म लगायत धेरै किसानले राहात पाउने छ।
अर्का किसान गुलावचन्द मेहताले भने अध्यक्ष ज्यूलाई जति धन्यवाद दिए पनि कम हुने छ। बर्षौ देखि सिंचाईको समस्या रहेको यो ठाउँमा यस्तो योजना ल्याउनु निकै ठूलो कुरा भएको बताएका छन्।
Discussion about this post