इनरुवा ।सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाकाे मुटु भित्रै रहेको जिल्ला अस्पताल इनरूवा सुनसरीमा लामाे प्रयासपछि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ ।
बुधबार बिहान रक्त सञ्चार सेवा केन्द्र सञ्चालनकाे अवसरमा जिल्ला अस्पताल इनरुवा परिसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्नभएकाे हाे । जिल्ला अस्पताल इनरुवा,सुनसरी,जिल्ला प्रशासन कार्यालय सुनसरी , इनरुवा नगरपालिका,सुनसरी, नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा तथा इनरुवा उप शाखाकाे आयाेजना तथा विभिन्न संघसंस्थाकाे सहआयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियोे।आज बुधबार आयाेजित रक्तदान कार्यक्रममा सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का एक स्थानीय समाजसेवी तथा नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला सदस्य दिपेन्द्र यादव सहितकाले रक्तदान गरेका छन् ।
यादवले आफ्नो उमेरको ३० औं वर्षमा पहिलोपटक जिल्ला अस्पताल इनरुवा ,सुनसरीले आयाेजना गरेको बृहत् रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरिएको बताए ।
उनले भने रगत अभावमा कारण मानिसको ज्यान खतरामा नपराेस् भन्ने उदेश्यले रक्तदान गरेको बताए ।उता स्थापनाको ४१ वर्षपछि जिल्ला अस्पताल सुनसरीमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ । रक्त सञ्चार सेवा केन्द्रको जिल्ला अस्पताल इनरुवामा बुधबार एक कार्यक्रम बीच इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहयोगमा अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको हो । केन्द्र सञ्चालननमा आएसँगै सुनसरी सदरमुकाम इनरुवासहित कोशी, हरिनगर, गढी, रामधुनी र भोक्राहा नरसिंह गाउँपालिकाका सेवाग्राहीलाई फाइदा पुग्ने अस्पतालले बताएको छ ।केन्द्र स्थापनासँगै विभिन्न स्थानीय तहबाट उपचारका लागि आउने बिरामीलाई रगतकै अभावमा धरान या विराटनगरको अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता हटेको मेडिकल सुपरिटेन्ट डा. देवराज घिमिरेले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा उपचाररत बिरामीहरुलाई सहुलियत दरमा रगत उपलब्ध गराइने जानकारी दिए ।
दैनिक ४ सय बिरामी उपचारका लागि आउने गरेको इनरुवा अस्पतालले तीन महिनाअघि आँखा उपचार सेवासमेत सुरु गरेको थियो ।
Discussion about this post