इनरुवा । नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरीको दोस्रो बैठक बराहक्षेत्रमा सम्पन्न भएको छ।
प्रेस युनियन जिल्लाको नियमित बैठक अन्तरगत पहिलो बैठक हरिनगर गाउँपालिकामा भएको थियो भने दोस्रो बैठक बुधबार बराहक्षेत्र नगरपालिकामा भएको हुँदा बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीद्वारा नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरीलाई सम्मान गरिएको हो।
बराहक्षेत्र नगरपालिका वडा नं-६स्थित नेपाल रेडक्रस सोसाईटीको सभा हल चक्रघट्टिमा ओजना गरिएको कार्यक्रममा नगर प्रमुख कार्कीले प्रेस युनियन सुनसरीका सभापति धुब्र ढकालसहित सम्पूर्ण कार्यसमितिलाई नोट बुक दिएर खादा र माला लगाएर सम्मानित गरिएका छन् ।
नगर प्रमुख कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरीलाई बराहक्षेत्र नगरपालिकामा स्वागत सम्मान गर्दै सुनसरीमा प्रेस युनियनलाई अझै अगाडि बढाउन सुझाव दिएका छन् ।
नगर प्रमुख कार्कीले सुनसरीमा नेपाली काँग्रेसका उमेदवारहरुलाई जिताउन निकै भुमिका प्रेस युनियन सुनसरीका रहेका हामीले महसुस गरेका छौं। त्यसकारण अब जितेका जनप्रतिनिधिहरुसँगको सहकार्यमा प्रेस युनियन सुनसरीलाई चिनाउन जरुरी रहेको उहाँले बताउनु भयो।
सुनसरीमा नेपाली काँग्रेसका विभिन्न सघँ संगठनलाई चलयमान बनाउन जिम्मेवारीमा साथै बेलाबेलामा समाचार लेखिएर महत्त्वपूर्ण भुमिका निर्वाह गर्न प्रेस युनियन सुनसरीलाई आग्रह समेत गरेका छन् ।
Discussion about this post