इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रहरीले ६८ औं प्रहरी दिवसको अवसरमा जिल्लाका माध्यमिक विद्यालयस्तरीय प्रतियोगिहरुको सहभागीतामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।
सम्पन्न भएको प्रतियोगितामा जनक माध्यमिक विद्यालयका अविना दाहाल प्रथम, सेकेण्डरी बोर्डिगं स्कूल धरानका दिपिका लिम्बु द्धितिय, पञ्चायत मावि रामधुनीका रोशन निरौला तृतिय र कोशी मावि बराहक्षेत्रका प्रदेश विष्ठ सान्तवना हुनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा आयोजित निबन्ध प्रतियोगितामा भगवती माध्यमिक विद्यालयका भूतपुर्व प्रधानाध्यापक पुरुषोत्तम घिमिरे, प्रहरी निरीक्षक निरला भण्डारी तथा सरस्वती मावि इनरुवा ९ बबियाका पूर्व प्रधानाध्यापक रमेन्द्र कोईरालाले निर्णायकको भूमिकामा रहनुभएको थियो ।
विजयी प्रतियोगिहरुलाई प्रहरी उपरीक्षक विपिन रेग्मी, प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारी सहितले निणर्यक तथा शिक्षक र विजयी विद्यार्थी प्रतियोगीहरूलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
Discussion about this post