देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्थानीय बजार अनुगमन गरिएको छ ।
दशैं तिहार र छठ पर्वमा स्थानीय उपभोक्ताहरूलाई व्यापारीहरूले विभिन्न सरसामानमा कालाेबजारी तथा डेट स्पाइर समान खरिदबिक्री नहाेस् भन्ने उदेश्यका साथ देवानगञ्ज बजार अनुगमन गरिएको हाे ।
देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताको निर्देशनमा सोमबार गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेका छन् । अनुगमनको क्रममा अधिकांश पसलमा दर रेटमा एकरुपता नभएको र म्याद गुज्रेको समान फेला परेको बताइएको छ ।
चाँडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्रभावकारी बनाउने क्रममा सोमबार सबै सरोकारबालाहरुको सहभागितामा सामूहिक बजार अनुगमन गरिएको हो ।
ईलाका प्रशासन कार्यालय हरिनगरको प्रतिनिधि, उधोग वार्णिज्य संघ, उपभोक्ता संरक्षण मञ्च, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुले एकसाथ बजार अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा केही व्यापारीहरुले मूल्यसुचि राखेको भएपनि पसलपिच्छे मूल्य फरक रहेको, म्याद सकिएको समान राखेको, क्रेतालाई विलविजक नदिएको, होटल व्यवसायीहरु गुणस्तरीय हिन समान प्रयोग गरेको, किराना पसलमा भारतीय समान बढी बेचिएको, अधिकांश पसलहरु दर्ता नभएको लगायतका समस्या देखिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए। म्याद सकिएको समान जफत गरी अनुगमन टोलीले नष्ट गरेको छ भने मूल्यमा एकरुपता गर्न र विल विजक जारी गर्न निर्देशन दिएको बताइएको छ ।
सरोकारवालाहरुले चाडपर्वमा बढी मात्रामा गुणस्तरहिन र म्याद सकिएको समान विक्रिको जोखिमलाई मध्यनजर गरी बजार अनुगमन गरेको र यसलाई थप व्यवस्थित र प्रभावकारी बजार अनुगमनलाई निरन्तरा दिने जनाएको छ ।
बजारमा उपभोक्तालाई ठगेर म्याद सकिएको समान बिक्री गर्नु कतै राम्रो नभएकोले आईन्दा त्यस्तो गरेको पाईएमा कडा कार्वाही गरिने बताएका छन् । उपभोक्तालाई सचेत गर्दै समान खरिद गर्दा गुणस्तरीय र म्याद भएको नभएको चेकजाँच गरेर मात्र खरिद गर्न आग्रह समेत गरेका छन् । यदि कोही कसैले त्यस्तो उपभोक्ता ठग्ने काम गरेको छ भने जानकारी गराउन समेत आग्रह गरेका छन् ।
देवानगञ्जमा गरिएको बजार अनुगमन टोलीमा देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी बिभा यादव, वडा अध्यक्ष जगनरायण मेहता, ईलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर महेश भटराई, देवानगञ्जका प्रसासन अधिकृत मचिन्द्र थलङ लिम्वु, स्वास्थ्य शाखा प्रमुख राकेश कुमार मेहता, आयुर्वेद शाखा प्रमुख जिव्छ पञ्जियार, ईलाका प्रसासन कार्यालय हरिनगरमा कार्यरत नायव सुब्बा रामप्रसाद निरौला, खाध्य गुणस्तरीय मन्च इनरुवाका अजय देव, खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक श्रृजन जोसी लगायत १० जना रहेको थियो ।
Discussion about this post