इनरुवा । सुनसरीको गढी गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा गहुँबालीलाई सस्तो र सुलभ बनाउने प्रविधि सुपर सिडर मेसिनबाट गहुँ रोपण कार्यक्रम गरिएको छ । लाग्त कम र उत्पादन २५ प्रतिशत भन्दा बढी हुने गरि सुपर सिडर मेसिनबाट गहुँ रोपण कार्यक्रम गरिएको हो । सोमबार सुनसरीको गढी गाउँपालिका ४ छिटाहामा कोशी प्रदेश सभा सदस्य रामदेव यादवको प्रमुख आथित्यमा कृषि अनुसंधान परीषद र कृपष ज्ञान केन्द्रको सहयोगमा गहुँबाली प्रवर्धन कार्यक्रम अन्तरगत सुपर सिडर मेसिनबाट १० कट्ठा क्षेत्रफलमा गहुँ रोपण गरिएको छ । त्यसैगरी बुधबार सुनसरीको देवानगञ्ज गाउँपालिका ४ कप्तानगञ्जमा गहुँबालीलाई सस्तो र सुलभ बनाउने प्रविधि सुपर सिडर मेसिनबाट १० कठ्ठामा गहुँ रोपण कार्यक्रम गरिएको ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार स्थानीय किसान रामदेव मेहताको १० कट्ठा क्षेत्रफल जग्गामा एनएल ९७१ जातको गहुँ रोपन गरिएको हो । यस प्रविधिबाट एकै पटकमा विउँ, मल र जोटाई तथा पाटा लगाउन मिल्ने भएकाले जनमदुर बस्ने, जोत्नपनि एकै पटक जोतेर पुग्ने भएकाले किसान माझ प्रचारका लागि पहिलो चरणमा सुनसरीको गढी गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा सुपर सिडर मेसिनबाट गहुँ रोपण गरिएको जनाएको छ ।
Discussion about this post