इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विभिन्न चारवटा विद्यालयलाई स्मार्ट डिजिटल प्यानल बोर्ड तथा कम्प्युटर सेट हस्तान्तरण गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाले अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शारदा माध्यमिक विद्यालय भाेक्राहा नरसिंह वडा नम्बर १ लाई १० थान कम्प्युटर सेट र स्मार्ट डिजिटल प्यानल बोर्ड १ थान , जामिया इस्लामीयालाई १० थान कम्प्युटर सेट र १ थान स्मार्ट डिजिटल प्यानल बोर्ड हस्तान्तरण गरिएको हाे ।
त्यसैगरी प्रस्तावित पृथ्वीनारायण माध्यमिक विद्यालय भाेक्राहा नरसिंह वडा नम्बर ४ लाई १० थान कम्प्युटर र जनता माध्यमिक विद्यालय भाेक्राहा नरसिंह वडा नम्बर ७ लाई एक थान स्मार्ट डिजिटल प्यानल बोर्ड हस्तान्तरण गरिएको शिक्षा शाखाका प्रमुख रमेशचन्द्र तिम्सिनाले जानकारी दिए ।
हिजो मंगलबार एक कार्यक्रमकाबीच भाेक्राहा नरसिंह गाउँपालिकाले एक कार्यक्रममार्फत पालिका अन्तरगत रहेका सामुदायिक विद्यालयहरू मध्ये छनाैट भएको नमुना विद्यालायहरूलाई कम्प्युटर सेट तथा स्मार्ट डिजिटल प्यानल बोर्ड हस्तान्तरण गर्दै विद्यालयमा पढाई सुधारका लागि कम्तीमा १० कक्षालाई डिजिटल मैत्री बनाउने उदेश्यका साथ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिए ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भाेक्राहा नरसिंह गाउँपालिकामा रहेका सामुदायिक तथा धार्मिक विद्यालयहरूलाई प्रविधि मैत्री शिक्षामा जाेड दिन जरुरी रहेको बताए ।
उता बालबालिकालाई पढाईमा सहजता र विद्यालय प्रति ध्यानाकर्षण गर्नेका लागि स्मार्ट डिजिटल प्यानल बोर्ड अहिलेको प्राबिधिक समयमा पढाईमा सहयोगको साथै विद्यालयमा सकारात्मक भूमिका खेल्ने भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बताए ।
उनले डिजिटल प्यानल बाेर्ड हस्तान्तरण कार्यक्रममा बाेल्दै गाउँपालिका भित्र रहेका विद्यालयहरुमा पढाईका लागि अभिभावकहरुले निगरानीको भूमिका खेल्नु पर्ने साथै पालिका स्तरबाट हरेक प्रयास जारी रहेकोले सबैजना यसमा समान भुमिका खेल्नु जरुरी रहेकाे बताए ।
Discussion about this post