इनरुवा। सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । हरिनगर गाउँपालिका ५ बसन्तपुरको हरियाली सामुदायिक बनमा आन्तरिक पर्यटन पवर्धन सहित सोही वनमा चालु आर्थिक वर्ष ०८०/०८१ को हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।
गाउँ सभामा आ.व. २०८०/०८१ को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण तथा चालु आर्थिक वर्ष ०८०/०८१ को अहिलेसम्मको प्रगति विवरण राजस्व परामर्श तथा न्यायिक समितिको प्रतिवेदन गाउँपालिकाले प्रस्तुत गरेको थियो । प्रस्तुत गरेको प्रतिवेदन तथा विधेयकमा सुझाव राख्न गाउँसभाका सदस्यहरुलाई ३ मिनेटको समय उपलब्ध गराएर सबैको सर्वसम्मत रूपमा संसोधनहरु पारित गर्दै अधिवेशन सम्पन्न भएको हो ।सभा सदस्यहरुले सार्वजनिक सेवालाई गुणस्तर, सर्वसुलभ र कम खर्चिलो बनाउनुपर्ने, भएको राम्रा अभ्यासहरुलाई सबैतिर विस्तार गर्नुपर्ने, बाकी रहेका सडकबाटोहरुको स्तोरोन्नती गर्नुवर्ने, घरघरमा सुशासनको अनुभुती, स्वास्थ्य, शिक्षा तथा रोजगारका लागि थप कार्यक्रमहरु संञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । आर्थीक तथा समाजिक समस्याहरुलाई न्यूनिकरण गरि स्वस्थ्यपूर्ण समाज निर्माणमा सबैले भूमिका खेल्नुपर्ने र रिङ्ग रोडको अवधारणा र कार्यान्वयन सम्बन्धमा सडक सञ्जालबाट जोडदै सबै नागरिकलाई सडक सुविधा पुर्याउनुपर्नेे सुझाव दिएका थिए ।
सबै राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा गाउँपालिकाले आफ्नो हिउदे गाउँसभा सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो । अंसारीले सबै वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरुले राखेको जिज्ञासाको जावाद दिनुहुदै विकासका लागि बजेट आवश्यक भएपनि चाहिने जति बजेट नआएकाले समस्या भएको बताउनुभयो । उहाँले राजस्व बाडफाडको रकम समेत समयमा नआएकाले सन्तोशजनक रुपमा विकासका गतिविधि अगाडि बढाउन समस्या भएको बताउनुभयो ।
सभाले गाउँकार्यपालिकाले गरेका सम्पूर्ण निर्णयहरु, आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २०८०/०८१ मा गाउँकार्यपालिका बैठकले पारित गरेको गरेको प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले जानकारी दिनुभयो । सभामा सभा सदस्यहरु प्रविण प्रसाद गुप्ता, देवनारायण मेहता, सिकलमलाल यादव, मोजोमिल अंसारी, नेकपा एमालेका श्रीकृष्ण मेहता, नेकपा माओवादी केन्द्रका भगवती प्रसाद महातो, नेपाली काग्रेंसका सभापती शिवहरि श्रेष्ठ सहितले अधिवेशनका बारेमा बोल्नुभएको थियो । सभा गाउँपालिकाका अध्यक्ष गफार अंसारीको अध्यक्षतामा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत मगरले जानकारी दिनुभयो । चालु सभाका अध्यक्षले बुधबारको अधिवेशन अन्त्य भएको पत्र सुनाउनु भएको थियो ।
Discussion about this post