इनरुवा । सुनसरीमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्लामा क्रियाशील पत्रकारहरूसँग एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन गरेको छ । सुरक्षित आप्रवासन कार्यक्रमले जिल्लामा रहेर गरेका कार्यक्रम, उद्देश्य, नीति, प्रभाव, उपलब्धि लगायत विषयका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको सामी कार्यक्रम सुनसरीका कार्यक्रम संयोजक धिरज भ्ट्टराईले जानकारी दिनुभयो ।कार्यक्रममा पत्रकार जयकृष्ण यादवले बैदेशिक राेजगार र समाचार लक्ष्य विषयमा प्रस्तुति करण गर्नुभएको थियो ।
कार्यक्रममा सुनसरीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयहरू, वित्तीय साक्षरता कक्षा सञ्चालन, मनोसामाजिक परामर्श पछिका परिवर्तनका मुख्य सूचकहरूका विषयमा सामी कार्यक्रमका भट्टराईले जानकारी गराउनु भएको थियो । साथै कार्यक्रममा सूचनामा पहुँच तथा जिल्लाको समग्र वैदेशिक रोजगार सम्बन्धी विषयमा छलफल समेत गरिएको थियो ।उक्त कार्यक्रममा बोल्दै सामिका डिएन चाैधरीले, वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्ससगैँ सिपले स्वदेशमै केही गर्ने वातावरण सृजना गर्न सामीको महत्त्वपूर्ण भूमिका भएको बताउनुभयो । उहाँले प्रस्तुत उपलब्धिहरूलाई विश्लेषण गर्दै विदेश जानै परे सिप सिकेर जान र स्वदेश फर्किएसँगै थप विदेशमा सिकेको सिपलाई आफ्नै ठाउँमा प्रयोग गर्न समेत सुझाउनुभएको छ । यसका लागी स्थानीय सरकारले लगानीमैत्री वातावरण सृजना गर्ने समेत जानकारी दिनुभयो ।जिल्लाको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भाेक्राहा नरसिंह गाउँपालिकामा सञ्चालित सामी कार्यक्रमले हाल सम्म भएका उपलब्धि तथा परिवर्तनका बारेमा जानकारी दिएको थियो । यसअघि प्रहरीसंग अन्तरक्रिया तथा सम्बन्धित पालिकाका जनप्रतिनिधि तथा प्रहरीहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरेको जानकारी दिएकाे थियो ।मंगलबार भएको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा जिल्ला स्थित क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियाे ।
Discussion about this post