इनरुवा । इनरुवा नगरपालिकाले शैक्षिक सत्र २०८० का लागि लिएको कक्षा ८ को परिक्षामा आधा मात्रै उतिर्ण भएका छन ।
इनरुवा नगरपालिकाले आधारभुत शिक्षा उतिर्ण परिक्षा सञ्चालन तथा परिचालन समितिको निर्णयअनुसार लिइएको कक्षा ८ को नगर स्तरीय परिक्षाको नतिजाअनुसार एक हजार तीन सय ९१ जना परिक्षार्थी सहभागि भएकोमा करिब आधा मात्रै छ सय ६७ जना मात्रै उतिर्ण भएका छन । भने सात सय २४ जना अनुतिर्ण भएका छन ।
सामुदायिक सरकारी विद्यालय र संस्थागत निजी विद्यालय दुबै तर्फको नतिजाको अवस्था हेर्दा इनरुवामा शिक्षाको गुणस्तर नाजुक रहेको तथ्यांकले देखाउँछ । नगरका २६ वटा र सरकारी ११ वटा विद्यालय परिक्षामा सहभागि थिए । जसमध्ये निजी तर्फ परिक्षामा सहभागि भएका मध्ये २० प्रतिसत विद्यार्थी अनुतिर्ण भएका छन भने सरकारीतर्फ ७४ प्रतिसत विद्यार्थी अनुतिर्ण भएका छन ।
सार्वजनिक नजिताको निजी विद्यालयतर्फ आवर इङ्लिस बोर्डिङ स्कुलबाट ३७ जना विद्यार्थी परिक्षा दिएकोमा २७ जना उतिर्ण भएका छन भने १० जना अनुतिर्ण भएका छन ।
प्रिसियस एकेड्मीबाट २५ जनाले परिक्षा दिएकोमा १८ जना मात्रै उतिर्ण भएका छन् भने त्यहाँ सात जना अनुतिर्ण भएका छन । त्यसैगरी नवयुग एकेड्मीबाट ४३ जनाले परिक्षा दिएकोमा ३८ जना उतिर्ण भएका छन भने ५ जना अनुतिर्ण भएका छन ।
युनिक बोर्डिङ स्कुलबाट २१ जनाले परिक्षा दिएकोमा छ जना मात्रै उतिर्ण भएका छन । त्यहाँ १५ जना अनुतिर्ण भएका छन । द मार्टर इङ्लिस बोर्डिङ स्कुलबाट ५० जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा ४४ जना उतिर्ण भएका छन भने छ जना अनुतिर्ण भएका छन ।
त्यसैगरी नवज्योति इङ्लिस स्कुलबाट १० जनाले परिक्षा दिएकोमा ८ जना उतिर्णय भएर २ जना अनुतिर्ण भएका छन । जनक स्मृत्ति सेकेण्डरी स्कुलबाट २८ जना परिक्षामा सहभागि भएकोमा २६ जना उतिर्ण हुँदा दुई जना अनुतिर्ण भएका छन ।
त्यसरी नै सरस्वती ज्ञानकुञ्जबाट ३८ जनाले परिक्षा दिएकोमा ३५ जना उतिर्ण र ३ जना अनुतिर्ण भएका छन । पारिजात पब्लिक स्कुलबाट २२ जनाले परिक्षा दिएकोमा २२ जना उतिर्ण हुँदा एक जना अनुतिर्ण भएका छन ।
त्यसैगरी पद्म मोमोरिल इङ्लिस स्कुलबाट १५ जनाले परिक्षा दिएकोमा १४ जना उतिर्ण भएका छन भने एक जना अनुतिर्ण भएका छन ।
इनरुवाको एकमात्रै क श्रेणिको विद्यालय भनेर दावी गरिएको कश्यप बिद्यापीठबाट ७ जनाले परिक्षा दिएकोमा एक जना मात्रै उतिर्ण भएका छन ।
त्यस्तै सूर्य किरण एकेड्मीबाट २४ जनाले परिक्षा दिएकोमा १६ जना उतिर्ण हुँदा आठ जना असफल भएका छन । कोशी पब्लिक एकेड्मीबाट ३४ जनाले परिक्षा दिएकोमा ३३ जना उतिर्ण भएका छन ।
त्यसैगरी सिम्बोसिस इङ्लिस स्कुलबाट १४ जनाले परिक्षा दिएको १३ जना उतिर्ण भएका छन । निर्मला मेमोरियल सेकेण्डरी स्कुलबाट २३ जनाले परिक्षा दिएकोमा २२ जना उतिर्ण भएका छन । ब्राईट इङ्लिस स्कुलबाट १३ जनाले परिक्षा दिएकोमा सबै उतिर्ण भएका छन ।
वल्र्ड भिजन एकेड्मीबाट १९ जनाले परिक्षा दिएकोमा नौ जना मात्रै उतिर्ण भएका छन । ईष्ट पोईन्ट इङ्लिस स्कुलबाट १९ जनाले परिक्षा दिएकोमा सात जना मात्रै उतिर्ण भएका छन । सेन्ट मेरि इङ्लिस बोर्डिङ स्कुलबाट १६ जनाले परिक्षा दिएकोमा १५ जना उतिर्ण भएका छन ।
त्यसैगरी रेडस्टार इङ्लिस बोर्डिङ स्कुलबाट १७ जनाले परिक्षा दिएकोमा १६ जना उतिर्ण भएका छन । मल्पिल क्रिएटिभ एकेड्मीबाट १४ जनाले परिक्षा दिएकोमा ६ जना मात्रै पास भएका छन ।
त्यसैगरी सुनसरी एकेड्मीबाट परिक्षामा सहभागि सबै तीन जना उतिर्ण भएका छन ।
ज्ञानविर्मश इङ्लिस बोर्डिङ स्कुलबाट १४ जना परिक्षामा सहभागि भएकोमा १३ जना उतिर्ण भएका छन । रविमाया सहशिक्षा एकेड्मीबाट सात जना परिक्षामा सहभागि भएकोमा ६ जना उतिर्ण भएका छन ।
स्मल हेभेन एकेड्मीबाट २२ जना परिक्षामा सहभागि भएकोमा १० जना मात्रै उतिर्ण भएका छन । इनरुवा इङ्लिस बोर्डिङ स्कुलबाट ७४ जना परिक्षामा सहभागि भएकोमा ६५ जना उतिर्ण भएका छन ।
त्यसैगरी सरकारी विद्यालयतर्फ अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुने बाल मन्दिर माध्यमिक विद्यालयबाट एक सय तीन जनाले परिक्षा दिएकोमा २३ जना मात्रै उतिर्ण भएका छन । जनता मावी मधेशाबाट ७७ जना परिक्षामा सहभागि भएकोमा सात जना मात्रै उतिर्ण भएका छन । सारदा मावी बलाहाबाट १६६ जना परिक्षामा सहभागि भएकोमा ९६ जना उतिर्ण भएका छन ।
त्यसरी नै भगवती मावीबाट ५७ जना परिक्षामा सहभागि भएको १७ जना मात्रै उतिर्ण भएका छन । सरस्वती मावी बबियाबाट ९२ जना परिक्षामा सहभागि भएकोमा १० जना मात्रै उतिर्ण भएका छन । राजाजी रामजी महतो दास मावीबाट २७ जना परिक्षामा सहभागि भएकोमा १६ जना उतिर्ण भएका छन ।
त्रिभुवन मावी बङ्कुलुवाबाट ८६ जना परिक्षामा सहभागि भएकोमा ४ जना मात्रै उतिर्ण भएका छन । नेराहरी मावी चाँदवेलाबाट २७ जना परिक्षामा सहभागि भएकोमा तीन जना मात्रै उतिर्ण भएका छन । गणेश नेराआवी गणेशपुरबाट ३३ जना परिक्षामा सहभागि भएकोमा सबै अनुतिर्ण भएका छन ।
त्यसैगरी ज्ञानोदय आधारभुत विद्यालयबाट २९ जना परिक्षामा सहभागि भएकोमा पाँचजना मात्रै उतिर्ण भएका छन । बीपी आधारभुत विद्यालयबाट १५ जना परिक्षामा सहभागि भएकोमा एक जना मात्रै उतिर्ण भएका छन ।
परिक्षामा अनुतिर्ण भएका विद्यार्थीहरुको लागि नगरपालिकाले पुनः मौका परिक्षाको तालिका सार्वजनिक गरेर परिक्षा लिने तयारी गरिरहेको शिक्षा शाखाकी अधिकृत स्वस्तिका दाहालले जानकारी दिईन ।
Discussion about this post