मान बहादुर ठकुल्ला/टीकापुर ।कैलालीको टीकापुर नगरपालिका वडा ७ सत्ती लगायत आसपासका गाउमा बाघ आतंक भए पछि बाघ आतंक नियन्त्रण गर्नका लागि सर्वपक्षीय भेला गरिएकाे छ । सत्ती कर्णाली सामुदायिक वन उपभाेक्ता समुह काे आयाेजनामा भएकाे भेला वनका अध्यक्ष जितराम चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । सत्ती लगायत आसपासका गाउँमा बाघ पसेर घर पालुवा जनावरलाई आक्रमण गर्न थाले पछि स्थानिय त्रसित हुन थालेका छन । सत्ती कर्णाली सामुदायिक वन गाउँ नजिक रहेकाे क्षेत्रमा झाडी सफाई गर्नुका साथै साे क्षेत्रमा गाईबस्तु चरिचरणका रुपमा खुल्ला गर्नु पर्ने स्थानियले माग गरेका छन्। आज बसेकाे भेलाबाट गाउँ नजिक रहेकाे बन क्षेत्रलाई झाडी सफाई गरि पिकनिक स्पाेटका रुपमा बिकास गर्नका लागि स्थानिय र सामुदायिक वनकाे टाेलि जानकारी लिन ईलाका वन कार्यालयमा गई प्रकृयाका बारेमा जानकारी लिन जाने निर्णय भएकाे छ । सत्ती कर्णाली सामुदायिक वनकाे सेवा क्षेत्रका गाउँ बनगाउ ,फाटा, सुर्यपुर ,धामीटाेल, रामजानकी टाेल, पदमपुर, सिम्रेनी, मगरटाेल लगायतका क्षेत्रमा पाटे बाघकाे आतंक रहेकाे स्थानिय याेगेन्द्र प्रसाद जैशीले बताए । उक्त क्षेत्रमा पाटे बाघले स्थानियका घरपालुवा जनावर माथि आक्रमण गरिरहेकाे समेत जनाएको छ ।बाघले स्थानीय ईन्द्र महरकाे भैसीकाे पाडालाई राती घरमा बाधिएकाे अवस्थामा आक्रमण मारेकाे थियाे भने टीकापुर ७ धनमीटाेलका याेगेन्द्र प्रसाद जैशीकाे ब्याउने बाख्रालाई राती गाेठ बाट लगेर जंगल मारेकाे अवस्थामा फेला परेकाे थियाे । त्यसैगरी पदमपुर र धामीटाेलमा कुकुरलाई समेत आक्रमण गरेकाे थियाे ।सामुदायिक वन क्षेत्रका गाउमा बाघ आतंक भए पछि बाघ आतंक नियन्त्रण का लागि सामुदायिक वनले तारजालीले उक्त क्षेत्रमा राेकथाम गर्नका लागि सब डिभिजन वन कार्यालयमा तारजालीकाे समेत माग गरिएकाे र समय समयमा झाडी सफाई गरिरहेकाे सामुदायिक वनका अध्यक्ष जितराम चाैधरीले बताए ।बाघले आतंक मच्चाउन थाले पछि स्थानियले टीकापुर नगरपालिका समेत जानकारी गराई सड्क बत्ती जडान र बाटाे क्षेत्र रहेकाे झाडी सफाईका लागि हस्ताक्षर सहितकाे माग पत्र टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारुलाई पेस गरिएकाे छ ।
Discussion about this post