सुनसरी । मधेस प्रदेश स्थित बाराको महुवाहीबाट एक हजारका ८५ थान नेपाली नक्कली नोटसहित एकजना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराको टोलीले सिम्रौनगढ नगरपालिका– २ महुवाहीस्थित सडकखण्डबाट एक हजारका ८५ थान नेपाली नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका– २ महुवाही बस्ने ३५ को छठु गिरी छन्। इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले सिम्रौनगढको नयकाटोलतर्फ जाँदै गरेको अनटेष्ट होन्डा साइन मोटरसाइकलमा रहेका गिरीलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो।
पक्राउ परेका गिरीलाई खोटा मुद्रासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट आठ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढ प्रमुख राईले जानकरी दिए।
Discussion about this post