• pradeshpoint
  • Pradeshpoint
Monday, April 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

संघीय सरकारले हात खुम्च्याउँदा तल्लो तहको खर्च प्रभावित

प्रदेश र स्थानीय तहको ४० अर्ब अनुदान काटियो

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ साउन १३ गते, १४:१५ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, खेल पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
संघीय सरकारले हात खुम्च्याउँदा तल्लो तहको खर्च प्रभावित
11
SHARES
Share on FacebookShare on Twitter

संघीय सरकारको चालु खर्च गत वर्ष पहिलो पटक त्यसअघिको वर्षको तुलनामा घट्यो।
यसअघि हरेक पटक अघिल्लो वर्षको तुलनामा चालु खर्च बढ्दै आएको थियो। चालु खर्चअन्तर्गत संघीय सरकारको प्रशासनिक खर्च, प्रदेश तथा स्थानीय तहमा जाने अनुदान, सरकारी संस्थान तथा समितिहरूमा दिइने अनुदान र सामाजिक सुरक्षा तथा सहायता अन्तर्गतको खर्च पर्छ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा, गत वर्ष संघीय सरकारको चालु खर्च ५३ अर्ब रूपैयाँले घटेको छ। चालु खर्चमा उल्लेखनीय कमीको प्रमुख कारण प्रदेश तथा स्थानीय तहको अनुदानमा गरिएको कटौती हो। अघिल्लो वर्षको तुलनामा, गत वर्ष संघीय सरकारले ४० अर्ब रूपैयाँले अनुदान घटाएर पठाएको छ।
आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारले प्रदेश र स्थानीय तहमा तीन खर्ब ९७ अर्ब रूपैयाँ अनुदान पठाएको थियो।
यद्यपि, विनियोजन गर्दा वास्तविक खर्चको तुलनामा तीन अर्बले बढाएर चार खर्ब पुर्‍याइएको थियो। तर, संघीय सरकारले जम्मा तीन खर्ब ५७ अर्ब रूपैयाँ अनुदान मात्रै प्रदेश तथा स्थानीय तहमा पठाएको छ।
यसले गर्दा यथार्थ बजेटको तुलनामा ४३ अर्ब रूपैयाँ र अघिल्लो वर्षको खर्चको तुलनामा ४० अर्ब रूपैयाँ अनुदान कम गरिएको हो।
कतिपय स्थानीय तहहरूले आफ्नै स्रोत साधनबाट केही खर्च गर्न सक्ने भएतापनि अधिकांश स्थानीय तह र सबै प्रदेशले संघीय अनुदानमा निर्भर रहँदा अनुदान घटाउँदा उनीहरूको खर्च नै कटौती हुन्छ।
अनुदान कार्यक्रमहरूमा छुट्याइएको बजेट र वास्तविक खर्चबीचको ठूलो अन्तरले नेपालका प्रदेश र स्थानीय सरकारहरूको वित्तीय व्यवस्थापनमा गम्भीर चुनौती खडा गरेको छ।
प्रदेश तथा स्थानीय तहको अनुदान कम भयो भन्नुको अर्थ उनीहरूले गर्नुपर्ने खर्च गर्न पाएनन् भन्ने हो, वित्तीय संघीयताका जानकार पुरुषोत्तम नेपालले भने, एकातर्फ उनीहरूको राजस्व क्षमता बढेको छैन, अर्कोतर्फ केन्द्रीय सरकारले दिने अनुदान पनि उल्लेख्य घट्नुले उनीहरूको कामलाई ठूलो प्रभाव पार्छ।
संघीय सरकारबाट गत वर्ष ठूलो मात्रामा वित्तीय समानीकरण अनुदान कटौती गरिएको छ। यो अनुदान संघीय सरकारले निस्शर्त रूपमा तल्लो तहको सरकारलाई उपलब्ध गराउने हो, जसले आफ्नो प्राथमिकताको आधारमा खर्च गर्न सक्छन्।
आर्थिक वर्ष २०७९र८० मा वित्तीय समानीकरण अनुदान मात्रै २१ अर्ब ७५ करोड रूपैयाँ कटौती गरिएको छ।
तल्लो तहको सरकारले खर्चको आवश्यकता, स्रोत परिचालनको क्षमता तथा सम्भावनाको तुलनामा देखिएको अन्तर पूर्ति गर्नका लागि वित्तीय समानीकरण अनुदान उपलब्ध गराइन्छ।
कुनै स्थानीय तह वा प्रदेशको खर्च गर्ने क्षमता छ, तर स्रोत कम छ भने यो अनुदान उपलब्ध गराइन्छ। अनुदान कटौती गर्दा आवश्यक खर्च गर्न नसकिएको अर्थ लाग्छ।
स्थानीय तहहरूले संघीय सरकारसँग संघर्ष गरेर पनि अनुदान कटौतीलाई कम गर्न प्रयास गरेका छन्।
विनियोजन गरिएको बजेटको तुलनामा स्थानीय तहको बजेट ६ अर्ब रूपैयाँले कम पठाइएको छ।
तर, प्रदेशहरूको बजेट २७ प्रतिशतले कम गरिएको छ। आर्थिक वर्ष २०७९र८० मा एक खर्ब ४६ अर्ब रूपैयाँ यस्तो अनुदान पठाइएकोमा, अघिल्लो वर्षको खर्च बराबरको रकम नै गत वर्ष विनियोजन गरिएकोमा वास्तविक रूपमा भने २१ अर्ब ७५ करोड रूपैयाँले कटौती गरिएको छ।
काटिएको वित्तीय समानीकरण अनुदानमध्ये करिब १५ अर्ब रूपैयाँ प्रदेशमा जानुपर्ने अनुदान हो
वित्तीय समानीकरण अनुदान कटौतीको विरोधमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिका महासंघ र नगरपालिका संघका प्रतिनिधिहरू।

त्यसअघिको वर्षमा पनि संघीय सकारले वित्तीय समानीकरण अनुदान कटौती गरेको थियो। वित्तीय समानीकरण अनुदान नै कटौती गर्दा बजेट सन्तुलन बिग्रिने बताउँछन् नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना।

ुवित्तीय समानीकरण अनुदान निस्सर्त अनुदान हो, केन्द्रीय सरकारले बजेट विनियोजन गरेपछि हामीले त्यही आधारमा दायित्व सिर्जना गरेका हुन्छौँ, तर अन्तिममा यस्तो रकम नआउँदा हाम्रो दायित्व बढ्छ, यसले बजेट सन्तुलन नै बिगार्छ,ु ढुंगानाले भने।
संघीय सरकारको अनुदान कार्यक्रमहरूले प्रदेश र स्थानीय तहका सरकारहरूको लागि महत्त्वपूर्ण भूमिका खेल्छ।
संघीय सरकारबाट प्राप्त अनुदानले प्रदेश र स्थानीय तहका सरकारहरूले विकास परियोजना सञ्चालन, सेवा वितरण, र पूर्वाधार विकासका लागि आवश्यक रकम जुटाउन मद्दत पुर्‍याउँछ। संघीय अनुदानको कमीले विकास परियोजनाहरूमा प्रत्यक्ष प्रभाव पार्छ।
जब प्रदेश र स्थानीय सरकारहरूले अपेक्षित रकम प्राप्त गर्दैनन्, तिनीहरूको परियोजनाहरूमा ढिलाइ हुन सक्
उदाहरणका लागि, आर्थिक वर्ष २०८०र८१ मा पुँजीगत तर्फको सःशर्त अनुदान १६ अर्ब ७२ करोड रूपैयाँले घटाइएको छ।

यसरी घटाइएको अनुदानले पूर्वाधार विकास, सडक निर्माण, स्वास्थ्य सेवा विस्तारजस्ता परियोजनाहरूमा प्रत्यक्षअसर पुर्‍याउँछ। आर्थिक वर्ष २०७९र८० मा पुँजीगत ससर्त अनुदान ४७ अर्ब १७ करोड रूपैयाँ पठाइएकोमा, गत वर्ष भने ३० अर्ब ४५ करोड रूपैयाँ मात्रै पठाइएको छ।

प्रदेश र स्थानीय तहका सरकारहरूले आफ्नै स्रोतबाट पर्याप्त राजस्व संकलन गर्न नसकिरहेको अवस्थामा संघीय अनुदानको कमीले तिनीहरूको वित्तीय स्थिरतामा प्रतिकूल असर पर्ने बताउँछन् वित्तीय संघीयताका जानकार पुरुषोत्तम नेपाल।

संघीय अनुदानमा निर्भरता घटाउन र आफ्नै स्रोतबाट राजस्व संकलन गर्न उनीहरूलाई ठूलो चुनौतीको सामना गर्नु परेको उनले बताए।

गत वर्ष पुँजीगत विशेष अनुदान पनि कम पठाइएको छ। यो अनुदान एक तहको सरकारले अर्को तहको सरकारलाई विशेष काम सम्पन्न गर्नका लागि उपलब्ध गराउने हो। आर्थिक वर्ष २०७९र८० मा ८ अर्ब ६७ करोड रूपैयाँ पठाइएकोमा गत वर्ष ८ अर्ब ५९ करोड रूपैयाँ पठाइएको छ। विनियोजन गरिएको बजेटको तुलनामा भने यो दुई अर्ब २५ करोडले कम पठाइएको छ।

चालुतर्फको विशेष अनुदान र समपूरक अनुदान भने गत वर्ष केही बढाइएको छ। कुनै तोकिएको काम पूरा गर्नका लागि विशेष चालु अनुदान उपलब्ध गराइन्छ। यो अनुदान ५५ करोड रूपैयाँले बढाएर दुई अर्ब १ करोड पुर्‍याइएको छ। समपूरक अनुदान ७७ करोड रूपैयाँले बढाएर १० अर्ब ८९ करोड पुर्‍याइएको छ।
संघीय सरकारले अनुदानमा छुट्याएको बजेट र वास्तविक खर्चबीचको ठूलो अन्तरले प्रदेश र स्थानीय सरकारहरूको प्रभावकारिता र विकास कार्यमा गम्भीर चुनौती खडा गरेको छ। अनुदानको समयमै वितरण र पर्याप्तता सुनिश्चित गर्नु स्थानीय विकास र शासनको गति कायम राख्न अत्यावश्यक छ।
संघीय अनुदानको कमीले प्रदेश र स्थानीय तहका सरकारहरूको वित्तीय व्यवस्थापनमा सुधार ल्याउन र आफ्नै स्रोतबाट राजस्व संकलन गर्न आवश्यकतालाई औँल्याएको छ। संघीय, प्रदेश, र स्थानीय सरकार बीच समन्वय सुधार गरेर अनुदानको प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्ने जानकारहरू बताउँछन्।

Tags: ४० अर्बअनुदानकाटियोतहकोप्रदेश र स्थानीय

Related Posts

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ
FEATURE

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
0

सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा निजी...

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन
FEATURE

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
0

सुनसरी । अर्गानिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै किसानलाई जैविक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सुनसरीको बर्जु गाउँपालिकामा ‘अर्गानिक कम्पोष्ट, झोल मल एवम्...

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist