दिपेन्द्र यादव/ इनरूवा । सुनसरी जिल्लाको भाेक्राहा नरसिंह गाउँपालिकाको सदरमुकाम चिराैली चाैकमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। सरसफाइ कार्यक्रमले स्थानिय समुदायमा सकारात्मक प्रभाव पारेको छ। गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधिहरू, समाजिक अगुवाहरू र स्थानियहरूले सक्रिय सहभागिता जनाए।
कार्यक्रमको क्रममा सहभागीहरूमध्ये वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी, कार्यपालिका सदस्य धर्मनाथ भगत, वडा नम्बर ४ का वडा सचिव शिवनारायण यादव, र प्रहरी चाैकी चिराैलीका प्रहरी सहायक निरिक्षक संजिव अधिकारी उपस्थित थिए।
कार्यक्रमको उद्देश्य र प्रभाव
यस सरसफाइ कार्यक्रमको मुख्य उद्देश्य चिराैली चाैकको सफाई र सौन्दर्यकरण गर्नु थियो। कार्यक्रमपछि चिराैली चाैकको स्वरूपमा स्पष्ट परिवर्तन देखिएको छ। स्थानिय बजारमा भिडभाड समेत बढेको छ, जसले स्थानीय व्यापारमा पनि सकारात्मक प्रभाव पारेको छ। स्थानियहरूले चिराैली चाैकको सौन्दर्यकरणपछि यहाँ छुट्टै रौनक थपिएको बताएका छन्।
यता स्थानीयहरूले सरसफाइ कार्यक्रमप्रति खुशी व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस किसिमका कार्यक्रमहरूले स्थानीय समुदायमा स्वच्छता र सफाईको महत्त्व बुझाउन महत्वपूर्ण भूमिका खेल्छन्।
त्यस्तै सरसफाइ कार्यक्रमको सफलतापछि, भाेक्राहा नरसिंह गाउँपालिकाले आगामी दिनमा यस किसिमका अन्य कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाइरहेको छ। यसले गाउँपालिकालाई थप सफा, सुन्दर र व्यवस्थित बनाउन मद्दत पुग्नेछ।
चिराैली चाैकमा गरिएको सरसफाइ कार्यक्रमले स्थानिय समुदायमा स्वच्छता र सौन्दर्यको महत्त्वलाई उजागर गरेको छ। यसले स्थानिय बजारमा व्यापारको विकास र समाजिक सद्भावलाई पनि मजबुत बनाउने छ। भविस्यमा पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गरिए, यसले सम्पूर्ण गाउँपालिकालाई सकारात्मक दिशामा अघि बढाउन मद्दत पुग्नेछ।
Discussion about this post