इनरुवा । भदौ ३ गते सोमबारका दिन पर्न गएको हिन्दू धर्मावलम्बीहरुको पर्व जनै पूर्णिमा (रक्षा बन्धन) को अवसरमा भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
उनले भने, “हाम्रो समाजमा धार्मिक, बहुसांस्कृतिक, बहुजातीय र बहुभाषिक विविधतायुक्त हाम्रो समाजमा मनाउने यस प्रकारका चाडपर्वहरु एकता, सद्भाव र प्रगतिको प्रतीक हुन्।”
अध्यक्ष आजादले जनै पूर्णिमा दिन वर्तमान गरेका हिन्दू धर्मावलम्बीहरुले जनै फेर्ने र समूदाय अनुसार दिदीबहिनीहरुले हातबाट दाजुभाइहरुलाई रक्षा बन्धन बाध्ने, नयाँ जनै लगाउने, मञ्नजनहरुकाे हातबाट रक्षा बन्धन बाँधि लगाएकाे कार्यले सबैलाई सुसूचित गर्दै धर्म संस्कृति र सामाजिक सद्भावको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले थपे, “जनै पूर्णिमा हाम्रो धार्मिक सांस्कृतिक सम्पदा हो। यसले हामीभित्र सामाजिक सद्भाव र एकताको अभिवृद्धि गर्ने विश्वास राख्दछ।”
अध्यक्ष आजादले थपे, “यो पर्वले हामीलाई पारस्परिक सम्मान र धार्मिक सहिष्णुता कायम राख्न प्रेरित गर्दछ, जसले गर्दा हाम्रो समाजको सामाजिक एकता अझ सुदृढ हुन्छ। यसले केवल धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक रुपमा पनि हामीलाई बलियो बनाउँछ।”
अध्यक्ष अजमल अख्तर आजादले जनै पूर्णिमाको अवसरमा सम्पूर्ण नगरवासीमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दै पर्वको शान्तिपूर्ण र उल्लासमय वातावरणमा मनाउन सबैमा आह्वान गरेका छन्।
Discussion about this post