दिपेन्द्र यादव/ सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले यस सम्झौतामा हस्ताक्षर गरे।
उक्त सम्झौता अनुसार, आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश प्रहरी प्रमुख खापुङ र कोशी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरु बीच कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
समारोहमा कोशी प्रदेश प्रहरी कार्यालयका महाशाखा प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, विशेष सुरक्षा प्रहरी गण दुहबी, प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा, र नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरुले प्रत्यक्षरुपमा हस्ताक्षर गरे। अन्य १२ वटा जिल्लाका प्रहरी प्रमुखहरु र प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढीका प्रमुखले भर्चुअल माध्यमद्वारा सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यालय प्रमुखहरुले प्रहरी ऐन, नियमावली, र प्रचलित कानुनको अधिनमा रही, नेपाल प्रहरीको काम, कर्तव्य, र अधिकार अनुसार आफ्नो कार्य प्रगति विवरण त्रैमासिक, अर्धवार्षिक, र वार्षिक रुपमा प्रतिवेदन तयार गरी कोशी प्रदेश प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ।
Discussion about this post