विराटनगर । भन्सार राजस्व छलीको आशंकामा पक्राउ परेका विराटनगर–१७ निवासी कुन्दन मण्डलको घरमा राजस्व अनुसन्धान विभागले बिहीबार छापा मारेको छ।
गत मंगलबार विराटनगर भन्सार परिसरमा एउटा ट्याक्टर नियन्त्रणमा लिएपछि मण्डल पक्राउ परेका थिए। उनी हाल इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका छन्। अनुसन्धानकै क्रममा बुधबार विराटनगर–६ स्थित बुद्धपूजा ढुवानी सेवाबाट मण्डलसँग सम्बन्धित ३४ पोका कपडा समेत बरामद गरिएको थियो।
राजस्व अनुसन्धान स्रोतका अनुसार मण्डलले प्रज्ञापनपत्र (Declaration Form) मा उल्लेख नभएका सामान भन्सारमार्फत भित्र्याउने गरेको आशंका गरिएको छ। यही शंकाका आधारमा बिहीबार उनको घरमा छापा मारिएको हो।
अनुसन्धान टोलीले घरमा रहेका कागजात र सामग्रीको विस्तृत अन्वेषण गरे पनि तत्कालै कुनै ठोस प्रमाण फेला नपरेको जनाएको छ। तथापि, मण्डलले भन्सारका कागजातहरू नक्कली बनाएर कारोबार गर्ने गरेको शंका कायमै रहेको र सो सम्बन्धी प्रमाण संकलन कार्य जारी रहेको विभागले जनाएको छ।
मण्डल बुद्धपूजा ढुवानी सेवामार्फत सामान भित्र्याउने गर्थे भने उनी भन्सार क्लियरिङ एजेन्ट सौगात पोखरेलको फारम प्रयोग गरेर कारोबार गर्दै आएको प्रारम्भिक विवरणमा देखिन्छ। यस घटनामा एजेन्टसहित भन्सार जाँचपासमा खटिएका केही कर्मचारीको संलग्नता पनि हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
राजस्व अनुसन्धान विभागले अहिले यस प्रकरणमा थप छानबिन गर्दै अन्य सम्भावित संलग्न पक्षहरूको गतिविधि निगरानीमा राखेको जनाएको छ।
पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु
इनरुवा । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने...











Discussion about this post