मान बहादुर ठकुल्ला
कैलाली , टीकापुर / कैलालीको टीकापुर र भजनी क्षेत्रमा चाेरि तस्करी बढे संगै सत्ती भन्सार कार्यालय खक्राैलामा राजस्व संकलनमा दिनप्रतिदिन घट्दै गएकाे छ । कैलालीको टीकापुर नगरपालिका वडा न. ९ स्थित सत्ती भन्सार कार्यालय खक्राैलाले चालू आर्थिक बर्षकाे श्रावण महिना १ कराेड ७२ लाख १४ हजार राजस्व संकलन भएकाे छ भने भाद्रमा १कराेड ९०लाख ९ हजार असाेजमा १ कराेड २०लाख २२ हजार कार्तिक महिना १ कराेड ९ लाख चाैध हजार मात्रै राजस्व संकलन भएकाे भन्सारका प्राबिधक दिलिप कुवँरले जनाकारी दिए । कैलालीको भजनी र टीकापुर क्षेत्रमा प्रहरीकाे मिलेमत्ताेमा चाेरी तस्करी बढेका कारण भन्सार काे राजस्व संकलनमा आएकाे भन्सारका कर्मचारीकाे भनाई रहेकाे छ । गत बर्ष चाेरी तस्करीका समान प्रहरीले ब्यापक रुपमा पक्राउ गरिएकाे जसमा १५० वटा मुद्दा दर्ता भएकाे र चालू आ.व.काे मंसिर १५ गतेसम्म ५९ वटा मात्रै चाेरी तस्करीका मुद्दा दर्ता भएकाे सत्ती भन्सार कार्यालय खक्राैलाकाे मुद्दा फाँटमा कार्यरत नायब सुब्बा लक्ष्मी बिकले जानकारी दिएकाे छ ।ती पनि साना तिना समानका मुद्दा रहेकाे बिकले बताए । नायब सुब्बा बिक का अनुसार चालू आर्थिक वर्षकाे श्रावण महिनामा चाेरी तस्करी १७ वटा मुद्दा दर्ता भएको बताए । भाद्रमा १६ वटा , असाेज महिना १२ वटा कार्तिक १० वटा मंसिर १५ गते सम्ममा ४ वटा मात्रै चाेरी तस्करीका मुद्दा प्रहरीले दर्ता गरिएकाे जानकारी दिए। सत्ती भन्सार कार्यालयले चालू आर्थिक बर्षमा २० कराेड राजस्व संकलनकाे लक्ष्य राखेकाेमा पूरा नहुने देखिएकाे छ । गत वर्ष १५ कराेड ४२ लाख राजस्व संकलन गरेकाे थियाे । कैलालीको भजनी क्षेत्रकाे मरिया घाट ,कुसुमघाट, काैवाखेडा , हिम्मतपुर बक्टरियाघाट लगायतका क्षेत्रबाट चाेरी तस्करी बढेकाे स्थानिय बासिन्दाकाे भनाई रहेकाे छ । भजनी नगरपालिका वडा न ५ लालबाेझि स्थित पृथ्वीपुर छाेटी भन्सार कार्यालय २ बर्ष देखि संचालन हुन नसक्दा साे क्षेत्रबाट चाेरी तस्करी बढेकाे हाे ।
Discussion about this post