विराटनगर । मोरङको लेटाङमा असोज २१ गतेदेखि वेपत्ता भइ कार्तिक ७ मा शव भेटिएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्नको पहिचान अझै अनिश्चित बनेको छ।
प्रहरीको निरन्तर खोजी र अनुसन्धानले पनि अहिलेसम्म निर्णायक सुराग दिन सकेको छैन। प्रहरीले अब अनुसन्धानलाई तीव्र बनाउन पोलिग्राफ (झुट–सत्य परीक्षण) सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडाँलका अनुसार परीक्षण परिवारका सदस्यबाट सुरु भइसकेको छ र क्रमशः अन्य व्यक्तिमा पनि प्रयोग हुँदैछ। अंशुको हत्या निर्मला पन्त प्रकरणसँग मिल्दोजुल्दो देखिएको प्रहरीले बताएको छ।
शव डिकम्पोज अवस्थामा भेटिनु, कपडा फरक–फरक ठाउँबाट भेटिनु र प्रमाण नष्ट भएको संकेतले बलात्कारपछि हत्या भएको आशंकालाई थप बलियो बनाएको छ। ४२ दिन वितिसक्दा पनि अपराधी पहिचान गर्न नसकिएकोले घटना झनै रहस्यमय बन्दै गएको छ। विशेष टोली परिचालन गरिएको छ तर प्रमाण, परिस्थितिजन्य संकेत र सम्भावित अभियुक्तका गतिविधि सबैले अनुसन्धानलाई चुनौतीपूर्ण बनाइरहेको प्रहरीको भनाइ छ।
अंशुको शव फेला परेकेको स्थान र वेपत्ता भएको ठाउँबीच साढे ४ किलोमिटर दूरी छ। घटनामा संलग्न व्यक्ति भूगोल जान्ने, योजनाबद्ध र सम्भवतः ‘व्यावसायिक शैली’मा लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
प्रहरीले सबै कोणबाट छानबिन जारी राखेको बताउँदै “१०० प्रतिशत पुष्टि नहुँदासम्म निष्कर्ष निकाल्न नसकिने” उल्लेख गरेको छ।
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...
सुनसरी : वर्तमान प्रधानमन्त्री बालेन शाहको पुर्ख्यौली गाउँका रूपमा चिनिने महोत्तरीको एकडारा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीलाई भोक्राहा नरसिंह गाउँपालिकाले...
कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८
सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी
कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
Discussion about this post