सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा १९ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार र मोबाइल लुटपाट गरेको आरोपमा सिटी सफारी चालक २६ वर्षीय रोशन विश्वकर्मा पक्राउ परेका छन्।
प्रहरीका अनुसार किशोरी मावलीबाट घरको पुरानो कपडा लिन आइरहेकी थिइन्। भोटेपुलमा बसको प्रतीक्षामा हुँदा एक अपरिचित व्यक्तिले उनलाई सिटी सफारीमा चढाएर एकान्त स्थानमा लगेर कुटपिट र जबरजस्ती करणी गरेका थिए। घटनापछि मोबाइल समेत लुटिएको थियो।
डीएसपी भीषणबाबु राईको नेतृत्वमा खटिएको प्रहरीले सीसीटीभी फुटेजको आधारमा चालकको पहिचान गरी उनलाई घरबाट पक्राउ गरेको छ। विश्वकर्माविरुद्ध जबरजस्ती करणी र लुटपाटको मुद्दा दर्ता भई अनुसन्धान जारी छ।










Discussion about this post