• pradeshpoint
  • Pradeshpoint
Friday, April 10, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
in Uncategorized, मुख्य पाना
निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट राष्ट्रिय राजनीतिमा उदाएकी युवा नेतृ निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य मेहताको मन्त्री नियुक्तिसँगै देशको स्वास्थ्य सेवा प्रणालीमा सुधारको नयाँ आशा र अपेक्षा थप बलियो बनेको छ।

स्थानीय स्तरबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी मेहताले पछिल्लो समय राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव बढाउँदै लगेकी थिइन्। स्वास्थ्य क्षेत्रको प्रत्यक्ष अनुभव बोकेकी नेतृले अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेपछि आम नागरिकले उपचार सेवामा सहज पहुँच, गुणस्तरीय अस्पताल व्यवस्थापन, स्वास्थ्य बीमा प्रणालीको प्रभावकारी कार्यान्वयन, औषधि व्यवस्थापन तथा मातृशिशु स्वास्थ्य सुधारमा उल्लेखनीय काम हुने अपेक्षा गरेका छन्।२०४४ साल साउन २२ गते इनरुवामा जन्मिएकी मेहता पेशाले स्वास्थ्यकर्मीसमेत हुन्। उनले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। अध्ययनपछि उनले स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै अनुभव सँगालेकी थिइन्। यही व्यावहारिक पृष्ठभूमिले उनलाई मन्त्रालयको नेतृत्वमा पुग्दा नीतिगत निर्णयहरूलाई व्यवहारिक ढंगले अघि बढाउन सहज हुने विश्वास गरिएको छ।

उनको मन्त्री नियुक्तिलाई सुनसरीवासीले गौरवका रूपमा लिएका छन्। विशेषगरी इनरुवाका स्थानीय बासिन्दाले ‘आफ्नै शहरकी छोरी’ मुलुकको महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा पुग्नु सकारात्मक उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। स्वास्थ्यकर्मी समुदायले पनि स्वास्थ्य क्षेत्र बुझ्ने र अनुभव भएको नेतृत्वले सेवाग्राहीमुखी नीति ल्याउने अपेक्षा व्यक्त गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार मेहताको नियुक्ति रास्वपाले युवा, शिक्षित र पेशागत अनुभव भएका व्यक्तिलाई जिम्मेवारी दिने नीति अनुसार भएको देखिन्छ। यसले मन्त्रालयमा नयाँ सोच र व्यवस्थापन शैली भित्रिने सम्भावना बढाएको उनीहरूको भनाइ छ।

अब मन्त्री मेहतामाथि देशभरका अस्पतालको सेवा सुधार, स्वास्थ्यकर्मी व्यवस्थापन, सरकारी स्वास्थ्य संस्थामा देखिने अव्यवस्था नियन्त्रण, औषधिको उपलब्धता सुनिश्चित गर्ने तथा जनस्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउने ठूलो जिम्मेवारी आएको छ। जनताले भने उनको कार्यकालबाट स्वास्थ्य क्षेत्रमा ठोस सुधार र परिणाममुखी काम हुने आशा गरेका छन्।

Tags: ‘बिग ब्रेक’:कमान्ड सम्हालिन्निशा मेहतास्वास्थ्य मन्त्रालय

Related Posts

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण
FEATURE

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...

प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को
FEATURE

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
0

चिरौली । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी तथा मातहत कार्यालयका कर्मचारीहरूलाई कार्यालय समय...

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
इटहरी यातायात कार्यालयका प्रमुख सत्याल मन्त्रालय तानिए

इटहरी यातायात कार्यालयका प्रमुख सत्याल मन्त्रालय तानिए

२०८२ चैत्र १५ गते, १४:५७ बजे प्रकाशित
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण

जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण

२०८२ चैत्र १४ गते, १४:४२ बजे प्रकाशित
पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

२०८२ चैत्र १४ गते, ८:३९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    790 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist