• pradeshpoint
  • Pradeshpoint
Thursday, April 2, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण

पहिलो चरणमा एक करोड ४२ लाखको काम सुरु

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १४ गते, १४:४२ बजे प्रकाशित
in FEATURE, मुख्य पाना
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
11
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका लागि अलग अलग छात्रावास निर्माण हुने भएको छ । छात्रावासको शनिबार सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गरे ।
झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण हुने भएको हो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याएर पहिलो किस्तामा एक करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै सिलान्यास गरेर काम सुरुवात गरिएको हो । क्याम्पसले विद्यार्थीहरुको शैक्षिक अभिवृद्दि गर्ने विभिन्न योजना ल्याउने क्रममा छात्रावास पनि एउटा महत्वपूर्ण पक्षको रुपमा लिएको अध्यक्ष केसीले बताए ।
छात्रावासका लागि बहुवर्षीय योजना अन्तर्गत अहिले पहिलो चरणमा छात्र र छात्राका लागि अलग अलग एक तले भवनमा १४(१४ वटा कोठा निर्माण हुनेछन् । निर्माणका लागि चारुमति कन्ट्रक्सन प्रालि वानेश्वर काठमाडौंले ठेक्का पाएर काम थालेको हो । ठेकेदार जीवन तिम्सिनाका अनुसार अहिले पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र पुरा गर्ने सहमति भएको छ ।
बहुवर्षीय योजना अन्तर्गत बन्ने छात्राबासका लागि तीन तल्ला हुनेछ । यहाँ छात्राबास निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला र मधेश प्रदेशबाट आउने छात्रालाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुने क्याम्पस सञ्चालक समिति शैक्षिक अनुगमन तथा सुपरिवेक्षण समितिका संयोजक शिवराज दाहालले बताए ।
विशेषगरी, दुर्गम तथा आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीलाई शिक्षामा पहुँच पु¥याउन छात्रावासले लाभ पुग्ने क्याम्पस प्रमुख प्राध्यापक डाक्टर गीता अधिकारीले बताइन् । छात्रावासले गर्दा विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । छात्रावासका कारणले गर्दा विद्यार्थीहरुको नियमित उपस्थिती र अध्ययनमा निरन्तरता हुने सहायक क्याम्पस प्रमुख सञ्जिव यादवले बताए ।
पछिल्लो समय जनता क्याम्पसमा पढ्न आउने विद्यार्थीका लागि सात वटा वस सेवा पनि सञ्चालन गरि विद्यार्थीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ । वसमार्फत सुनसरीको बराहक्षेत्र, दुहवी, इनरुवासहित पूर्व मोरङ्को विराटचोससम्मका विद्यार्थीलाई सहजता भएको छ । इटहरीभर विद्यार्थीलाई पनि थप सुविधा भएको छ ।
क्याम्पसले छ महिनाअघि विदेशी दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता समेत गरेको थियो । जसमा भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको थियो । सो सम्झौतापछि पुस ५ र ६ गते दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन समेत गरेको थियो ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Tags: खर्चेर छात्रावासजनता क्याम्पसमाझण्डै पाँच करोडनिर्माण

Related Posts

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण
FEATURE

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान
FEATURE

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
0

सुनसरी : वर्तमान प्रधानमन्त्री बालेन शाहको पुर्ख्यौली गाउँका रूपमा चिनिने महोत्तरीको एकडारा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीलाई भोक्राहा नरसिंह गाउँपालिकाले...

प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित
बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

२०८२ चैत्र १५ गते, १८:१४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित
बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

२०८२ चैत्र १५ गते, १८:१४ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    724 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist