सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुनर्वासस्थित वाईस बिघे जंगलमा १३ वर्षीया किशोरीमाथि निर्घात कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीका अनुसार २०८२ चैत १२ गते भिडियो सार्वजनिक भएलगत्तै प्रहरी टोली खटिएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा बराहक्षेत्र–२ नहरचौक बस्ने २१ वर्षीय सुदिन राई, २० वर्षीय निशान राई र १७ वर्षीय एक नाबालकलाई क्रमशः चैत १३, १४ र १५ गते पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जनालाई २०८२ चैत १५ गते सुनसरी जिल्ला अदालतबाट बालबालिकाविरुद्धको कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको र कानुनी प्रक्रिया अनुसार कारबाही अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।











Discussion about this post