• pradeshpoint
  • Pradeshpoint
Monday, April 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

स्थानिय तह निर्वाचनमा गठबन्धन नभए एकल उम्मेदवारी दिने नेकपा एस सुनसरीको तयारी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन २२ गते, १५:२२ बजे प्रकाशित
in FEATURE, कला, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
स्थानिय तह निर्वाचनमा गठबन्धन नभए एकल उम्मेदवारी दिने नेकपा एस सुनसरीको तयारी
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सुनसरी जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले आउदो निर्वाचनमा दलहरु बिच गठबन्धन नबनेको अवस्थामा एकल रुपमा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले संद्यिय सरकारमा प्रतिनिधित्व गर्ने दलहरु बिचको सहमतीमा स्थानिय तह निर्वाचन २०७९ कालागि गठबन्धन बन्न नसकेको अवश्थामा सुनसरी जिल्लामा एकल रुपमा सवै पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टी बिचको सत्ता गठबन्धनबाट चुनावी तालमेल मिलाएर गठबन्धन मार्फत उम्मेदवारी दिन जिल्ला तथा स्थानिय तह र वडा तहमा आवश्यक वार्ता, समन्वय, सहमती र एकता कायम गर्न उम्मेदवारी दिने अन्तीम समयसम्म पहल प्रयत्न गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
गठबन्धन बन्न नसकेको अवश्थामा मात्र एकल रुपमा निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिने तयारी अवश्थामा रहन सवै तहका नेता कार्यकर्तालाई निर्देशन गरिने निर्णय बैठकले गरेको छ ।
नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले बैठकको निर्णय सार्वजनिक गर्दै आउदो निर्वाचनका लागि फागुन मसान्तसम्म सुनसरीका १२ वटा स्थानिय तहका १ सय २४ वटा वडा र टोल वस्तीमा पार्टीको संगठन गठन पुर्नगठन कार्य समपन्न गरि चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुने निर्णय गरेको जानकारी दिए ।
निरौलाले सुनसरीमा एकल रुपमा निर्वाचनमा उम्मेदवारी दिई भाग लिदा अधिकाश वडा र स्थानिय तहमा मुख्य प्रतिष्पर्धा केपि ओली समुहसँग र केही स्थानमा नेपाली काग्रेससँग हुने निश्कर्ष बैठकले गरेको बताए ।
सुनसरी जिल्लामा तिन महिनाको अवधीमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, सिपी मैनाली नेतृत्वको नेकपा माले परित्याग र केपि ओली समुहबाट विद्रोह गरि ७ सय जना नेता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेको अध्यक्ष गोविन्द निरौलाले जानकारी दिए ।
अध्यक्ष निरौलाले हाल मौजुदा १ सय २५ जनाको जिल्ला कमिटीमा केपी ओली समुहबाट विद्रोह गरि आएका नेता कार्यकताहरु मध्ये एक पदाधिकारीसहित ६४ जनालाई जिल्ला कमिटी सदस्य पदमा चयन गरि पद तथा गोपनियताको सपथ ग्रहण गराई कार्यक्षेत्रमा जिम्मेवारी तोकेर संगठन निमार्ण र परिचालन कार्यमा खटाईएको जानकारी गराए ।
नेकपा एस सुनसरी जिल्ला कमिटीको उपसचिव पदमा धरान निवासी सविता कोइरालालाई चयन गरिएको छ भने धरान उपमहानगर ईन्चार्जमा किशोर सुब्बा र सहइन्चार्जमा राम प्रधानलाई तोकिएको छ यसैगरि देवानगञ्ज इन्चार्जमा हरिनन्दन मेहता र सहइन्चार्जमा प्रकाश साहलाई जिम्मेवारी दिइएको छ ।
दोस्रो पुर्ण बैठकले जिल्लाका १ सय २४ वटै वडा तथा टोल बस्तीहरुमा नेकपा एसको चुनाव चिन्ह् कलम रहेको झण्डा सेतो कपडा लेखी प्रत्येक पार्टी सदस्यहरुको घरमा अनिवार्य रुपमा राख्ने र चौक बजार पसलमा कलम चिन्हको प्रचार प्रसार गर्न नेता कार्यकर्ताहरुलाई सर्कुलर गरिने जानकारी अध्यक्ष निरौलाले दिए ।
यसैगरि पार्टी संगठन निमार्ण र सृढणीकरण अभियान चैत मसान्तसम्म संचालन गरिनेसमेत जनाइएको छ ।

Related Posts

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ
FEATURE

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
0

सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा निजी...

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन
FEATURE

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
0

सुनसरी । अर्गानिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै किसानलाई जैविक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सुनसरीको बर्जु गाउँपालिकामा ‘अर्गानिक कम्पोष्ट, झोल मल एवम्...

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist