इनरूवा/ आसन्न स्थानिय तह निर्वाचन २०७९ मा इनरुवाका मुस्लिम समुदायले आफूहरुको स्थानबारे सबै राजनीतिक दलसँग स्थानबारे जिज्ञासा राखेका छन् ।
सुनसरीको सदरमुकाम इनरुवाबाट सञ्चालित एडभान्स एफएमको कार्यक्रम समय सन्दर्भको आइतबार प्रशारित कार्यक्रममा सहभागी अधिकांशले इनरुवाको दोस्रो ठूलो संख्या रहेको मुस्लिम समुदायलाई उचित स्थानको माग गरेका छन् ।
कार्यक्रममा सहभागी इनरुवाका अगुवा मुस्लिम युवा आमिर अली खानले नगर क्षेत्रको दोश्रो ठूलो संख्या रहेको मुस्लिम समुदायलाई लामो समय अघिदेखि भोटबैंकको रुपमा विभिन्न दलले प्रयोग मात्र गरेको आरोप लगाउँदै आसन्न निर्वाचनमा स्थान नपाए इनरुवाका मुस्लिम मतदाता फरक निर्णय गर्न बाध्य हुने बताए । उनले आउँदो निर्वाचनमा नगरको उपप्रमुखमा मुस्लिम समुदायको प्रतिनिधित्व गराउन सबै राजनैतिक दललाइ सुझाव समेत दिए ।
कार्यक्रममा सहभागी अर्का प्रतिनिधि रियाज आलमले इनरुवामा मुख्य दलहरुले यसपटक बानी नसुधारे फरक विकल्प खोज्न इनरुवाका मुस्लिम समुदाय पछि नपर्ने बताउँदै इनरुवामा कांग्रेस र एमालेले सधैँ भोटबैंक सम्मकाे मुस्लिम समुदायलाई स्थान नदिए फरक विकल्प खोजिने बताए ।
इनरुवा नगरपालिकामा मुस्लिम मतदाताको संख्या १० हजारभन्दा बढी रहँदा पनि न्यायिक नेतृत्व नपाएकोप्रति इनरुवाका मुस्लिम समुदाय विभिन्न राजनैतिक दलबाट हाल असन्तुष्ट छन् ।
Discussion about this post