इनरुवा। सुनसरीको सीमावर्ती बर्जु गाउँपालिकामा पहिलो पटक १५ सैयाको अस्पताल निर्माण गर्ने गरि सिलान्यास गरिएको छ । जिल्लाको सीमावर्ती गाँउपालिका बर्जु ४ अमडुवामा १५ सैया अस्पतालको पूर्व उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सिलान्यास गर्नुभएको हो ।
संघीय सरकारले हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने नीति लिए अनुसार बर्जु गाँउपालिकाले १५ सैया अस्पतालका लागि १५ कट्ठा १० धुर जग्गादाताबाट पास गरी भवनको सिलान्यास गरेको हो । गढी गाउँपालिका निवासी जग्गादाता विन्देश्वर यादवले दानमा दिनुभएको १५ कट्ठा १० धुर जग्गामा एक कार्यक्रमका बीच अस्पतालको सिलान्यास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले जानकारी दिनुभयो ।
बर्जु गाँउपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले गाँउमा सिंहदरबार आएको महसुस गराउन, स्वास्थ्य सेवा गाउँठाउँमा पाउनका लागि गाँउपालिकामा १५ सैया अस्पताल निर्माणको सुरुवात गरिएको बताउनुभयो । गाँउपालिकाले १८ करोड लागतमा अस्पतालको भवन निर्माण गरिने जानकारी समेत दिनुभयो । गाँउपालिका अध्यक्ष चौधरीले १५ शैया अस्पताल निर्माण भए लगतै उपचारमा सहज र आर्थिक नोक्सानीमा पनि कमी हुने बताउनुभयो ।
सिलान्यास कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतम पोखरेल, गढी गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद यादव,
उपाध्यक्ष राजकुमारी चौधरी, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, उपाध्यक्ष पुनीतादेवी यादव, दुहवी उपप्रमुख सुनिता दाहाल साह, बर्जु गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष आनन्द यादव, ४ का वडा अध्यक्ष सम्पतलाल चौधरी, ५ का वडा अध्यक्ष किसोर चौधरी सहितले गाउँमा नयाँ काम गर्ने लक्ष्य अनुसार १५ शैया अस्पतालको सिलान्यास गरिएको बताएका छन् । कार्यक्रममा गाँउपालिका प्रमूख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले १८ करोड लगानीमा निर्माण हुने १५ शैयाको अस्पतालका लागि हाल ३ करोड बाट भवन निर्माण सुरुवात गर्न लागिएको बताउनुभयो ।
सोही कार्यक्रमका प्रमुख अथिति नेपाली काङग्रेसका नेता बिजय कुमार गच्छारले आफूलाई तत्कालिन सरकारले फसाए पनि आफनो कुनै गल्ती र कमजोर नरहेको बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिका ४ मा १५ सैयाको अस्पताल सिलान्यास गर्दै सो कुरा बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गच्छदारले विकासका लागि आफुले लामो समय देखी काम गरेको चर्चा गर्नुभयो ।
Discussion about this post