सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा विवेकशिल बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम तथा सहकारी परिचयात्मक कार्र्यक्रम सम्पन्न गरेको छ ।
सनिबार संस्थाको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दे इनरुवाको पहिलो स्थानीय तह भएपछिको नयाँ सहकारी भएकाले परिचयात्मक कार्यक्रम समेत गरेकोे हो । संस्थाका अध्यक्ष देवकृष्ण यादवको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सन्तोश अधिकारी, लिलाबती मेहता, सचिब सन्तोश मेहता, सहकारीकर्मी सहजादी प्रविण, स्वास्थ्यकर्मी तेजनारायण यादव, धुब्रराज मेहता, शिक्षक भागवत साहु, रमानन्द मेहता, शिवनन्दन मेहता, शिवशंकर उराँव, रामकृष्ण यादव,पिन्टुराम साह, पत्रकार जयकृष्ण यादव सहितकाले शुभकामना दिनुभएको थियो ।
संस्थामा आवद्ध सेयर सदस्यहरु विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा जागिरे जिवन विताउदै आएकोमा एउटै गाउँ वडाका पेशाकर्मीहरु कामको सिलशिलामा देशभर नै छरिएर रहेकाले सबैलाई जोड्ने माध्यमको रुपमा सहकारीलाई लिएको सचिव सन्तोश मेहताले बताउनुभयो । सहकारीको शुभकामना आदानप्रदान कार्याक्रममा विभिन्न क्षेत्र सहित राजनीतिकर्मीहरुलाई सम्मान समेत गरेको थियो ।
Discussion about this post