सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा एक स्कारपियोले संचार उधमी सुनसरी देवानगंज गाउँपालिका–१ का ३० वर्षिय बिवेक मेहतालाई मार्ने दुशप्रयास गरेको पीडितले गुनासो गर्नुभएको छ ।
मेहतालाई एकाविहानै विराटनगर जान लाग्दा मोटरसाईकको अगाडिपछाडी गर्दै किचेर मार्ने प्रयास गरेको आरोप बाहिर आएको छ । संयोजकले स्कारपियोलाई मेहता सवार मोटरसाईकल अगाडी ब्रेक फेलको बाहाना बनाइ एक्कासी रोक्दाँ मेहता र वहाँकी श्रीमतीलाई चोट लागेर घाईते भएको छ । मेहताले आफूलाई ज्यानै मार्ने दुशप्रयास गरेको आरोप लगानुभएको छ ।
जिल्ला ट्राफीक कार्यालय र प्रदेश ट्राफिकको दुर्घटना बुलेटिन अनुसार वैशाख १९ गते ०६ः४५ बजे को समयमा जिल्ला सुनसरी देवानगंज गापा वडा नं.–६ स्थित देवानगंज बिराटनगर सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च ३०६९ नं. को स्कारपिओ गाडीले अचानक ब्रेक लगाउदाँ सोही दिशा तर्फ पछाडीबाट जाँदै गरेको प्र १–०४–००१ प ६४८४ नंम्बरको मोटरसाईकल अचानक स्कारपियोमा ठक्कर लागी दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला सुनसरी देवानगंज गापा –१ बस्ने बर्ष ३० को बिवेक मेहता सामान्य, पछाडी सवार निजको श्रीमती बर्ष २५ कि रानी मेहता सामान्य घाईते भई दुवैलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएको, दुवै सवारी साधन र स्कारपिओ चालक जिल्ला सुनसरी देवानगंज गापा–२ बस्ने बर्ष ३१ को नजामुदिन अंसारी अस्थायी प्रहरी चौकी राजगंजसिनुवारीको नियन्त्रणमा, घटनास्थल ट्राप्रका ईनरुवाबाट १६ किमी दक्षिण पर्ने, चालकको सबारि चालक अनुमती पत्र बुझ्ने कार्य भईरहेको र दुर्घटनाको कारण मोसा तिब्रगति भनेको छ ।
यो सूचना अनुसार पनि संचार उधमीलाई मार्ने प्रयास गरेको दाबी पीडित पक्षको छ । मेहताले आफूलाई उपचार गराई दिने, दुर्घटानमा क्षती ग्रष्त मोटरसाईकल बनाईदिने र क्षतीपुर्ती दिने स्कारपियो तथा प्रचारमा प्रयोग भएकाले नेपाली काग्रेंसका बर्जु गाउँपालिका अध्यक्षका उम्मेदबार रघुनन्दन चौधरी समेतले प्रतिवद्धाता जनाएर गाडी निकालेर लगेको र त्यसपछि उल्टै धम्की आएकाले उनीहरुको मार्ने संडयन्त्रणलाई मलजल गरेको दावी गर्नुभएको छ ।
मेहताले आफूसंग प्रहरी चौकीमा भएको सहमतीमा एउटा कुरा र गाडी प्रहरीबाट निकालेर लगेपछि अर्को कुरा अनि धम्कीका कुरा समेत आएकाले आफूलाई मार्ने हत्या गर्ने संडयन्त्रणलाई मलजल गरेको दावी गर्नुभएको हो । मेहताले आफ्नो अनलाईन र दर्शन एफएममा सत्य सथ्य सूचना र समाचार प्रवाह गरेको त्यसमा केही काग्रेसका उम्मेदबारहरु रुष्ट बनेको र सोही रिसिवि साध्नका लागि मार्ने संडयन्त्रण गरेको हुन सक्ने दावी गर्नुभएको छ । आफ्नै श्रीमतीको परीक्षा दिलाउन विराटनगर जाने क्रममा नेपाली काग्रेंसको झण्डा भएको सो गाडीले आफूहरुलाई अगाडी पछाडी गरेकोमा सुरुमा बाटो सानो भएकाले वास्ता नगरे तर दुर्घटना गराई, उल्टै धाकधम्की आएकाले आफ्नो हत्या प्रयास र मार्ने संडयन्त्रण गरेको दावी गर्नुभएको छ ।
Discussion about this post