चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नव निर्वाचित अध्यक्ष अजमल अख्तर आजादले सेवाग्राहीहरूलाई सहज सेवा उपलब्ध गराउनका लागि हेल्प डेक्स स्थापना गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष आजादको अध्यक्षतामा गत जेठ १० गतेको बसेको पहिलो बैठकमा हेल्प डेक्स स्थापना निर्णय गरेकोे थियो ।
साेही निर्णय अनुसार अध्यक्ष आजादले भोक्राहा नरसिंहका जनतालाई छिटो, छरितो सेवा प्रवाह गर्ने उद्देश्यले वडा नम्बर १, २ र ७ मा हेल्प डेस्क स्थापना गरेका छन् ।
हेल्प डेक्स स्थापना भएपछि अब सेवाग्राहीलाई कम्प्युटर टाईपिंग, प्रिन्टिंग, स्कानिंग, ईमेल, ईन्टरनेट, निवेदन लेख्ने तथा विभिन्न फारामहरु भर्ने लगायतका सुविधाहरुकाे लागि समस्या खेप्नु नपर्ने उनलेे बताए ।
उता भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले अहिले तीन वटा वडामा हेल्प डेक्स स्थापना गरिएको र बाँकी रहेको पाँच वटा वडामा बिस्तारै हेल्प डेस्क स्थापना गर्ने लक्ष्य रहेको बताए ।
अधिकृत मेहताका अनुसार भोक्राहा नरसिंह गाउँपालिकाका सर्वसाधारणहरुले पैसा तिरेर बाहिरबाट कागजातहरु ल्याउने समस्या अन्त्य गर्नका लागि पालिकाले राम्रो कामको सुरुवात गरेको बताए ।
Discussion about this post