विराटनगर । प्रदेश नम्बर १ स्थित सवारी दुर्घटना न्यूनिकरण तथा सडक अनुशासन पालना गराउने उदेश्यले मोरङ ट्राफिकले विद्यार्थीहरूलाई ट्राफिक सचेतना कार्यक्रम सुरू गरेको छ ।
सामुदायीक प्रहरी सेवा केन्द्र तिनपैनीको समन्वयमा विराटनगर १६ स्थित मिल्स एरियामा रहेको मिल्स माध्यमिक विद्यालयका माध्यमिक तहमा अध्ययरत विद्यार्थीहरूलाई ट्राफिक सचेतना गराएको हो ।
मिल्स स्कुलमा अध्ययरत विद्यार्थी र शिक्षकहरू गरि ट्राफिक सचेतना मुलक कार्यक्रममा १५० जनाको उपस्थित रहेको थियो । उनीहरूलाई ट्राफिक सचेतनाको विषयमा मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्की र प्रहरी नायव निरीक्षक शिव कुमार शर्माले ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोग सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण दिए । मोरङका प्रहरीका प्रहरी निरीक्षक रोहित शर्माले लागु औषध दुव्र्येसन र सो बाट हुने खतरा एवम् सुरक्षित ईन्टरनेट प्रयोग तथा सामाजिक संजालको प्रयोगका फाईदा बेफाईदा र साईबर अपराध बारे सैद्धान्तिक जानकारी गराएका थिए ।
Discussion about this post