शुभ नारायण यादव/ सप्तरी ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मधेस प्रदेशका सदस्य तथा निवार्चन क्षेत्र २ (ख)का प्रदेश सभाका प्रत्याशी महेशप्रसाद यादवले माओवादी केन्द्रद्वारा राजविराज नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान मगंलवार गरेका छन ।
राजविराज नगरपालिकामा माओवादी केन्दवाट निर्वाचित जनप्रतिनिधीहरुलाई एक कार्यक्रम विच बधाई तथा सम्मान गरेका हुन । गत बैशाख ३० गते स्थानिय तहको निर्वाचनवाट जनप्रतिनिधीहरुलाई दोसला तथाअविर लगाई माओवादी केन्दका मधेस प्रदेश सदस्यद्वय महेशप्रसाद यादवले सो सम्मान गर्नुभयो । सप्तरीको निवार्चन क्षेत्र २ (ख)का प्रदेश सभाका प्रत्याशी समेत रहेका यादवले पार्टीवाट निर्वाचित जनप्रतिनिधीहरुको उत्साह,उमङ्ख वढाउन सम्मान गरेको बताउनु भयो ।उहाँल जनताको काम काज सहज र चुस्तदुरुस्त,पारदर्शि तरिकाले गर्न सुझाव समेत दिनुभयो । यसैगरी केन्द्रका मधेस प्रदेश सदस्य छेदी रजकले ब्यवस्था परिवर्तन गर्न माओवादी केन्द्रको अहम भुमिका रहेकोले अव जनताको जनताको अबस्था पनि पहिलेको भन्दा फरक हुनुपर्ने बताउनुभयो । प्रतिनिधी सम्मनित कायृक्रममा राजविराज नगरपालिका वडा नम्बर ८ कावडाध्यक्ष जय नारायण मण्डलले पार्टीको सल्लाह,सुझावलाई आत्मसात गर्दै वडाका जनतालाई सक्दो सुविधा सहज, सरल, छिटो छरितो तरिकाले प्रवाह गर्ने प्रतिवद्घता ब्यक्र गर्नुभयो । त्यसैगरी राजविराज नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गंगाराम खंग,वडा न.७ का वडाध्यक्ष शुभासचन्द्र यादवले समेत वडाका जनतालाई सक्दो सुविधा सहज, सरल, छिटो छरितो तरिकाले प्रवाह गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकारद्घय देवराम यादव,दिनानाथ यादव,लगायले सफल कार्यकालको बधाई तथा जनताकाो काम काज सहज, सरल, छिटो छरितो तरिकाले प्रवाह गर्न आग्रह गर्नुभयो । राजविराज नगरपालिका वडा नम्बर ८ ,७ र १० वडाध्यक्ष सहित ११ जना माआवादी केन्द्रवाट जनप्रतिनिधी निर्वाचित भएको छ ।
Discussion about this post