महेश सिंह /सिरहा – बहु प्रतिभा सालिन इन्जिनियर राम कुमार महतोले आउदो प्रतिनिधि सभाको सिरहा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचनमा भाग लिने निर्णय गरेका हुन्। ऊनी कलाको क्षेत्रमा लामो समय काम गर्दै बिगत केहि महिना देखि समाज सेवामा लागेका इन्जिनियर महतो आउने प्रतिनिधि सभाको चुनावमा भाग लिने भएको छ्।
विभिन्न एल्बम र चलचित्रमा अभिनय गरिसकेका उनले राजनीतिमा सकृय भएका हुन्।पेसाले सिभिल इन्जिनियर रहनु भएका महतो बिगत केहि महिना देखि समाजसेवामा लागेका छन्।स्थानीय निर्वाचन २०७९ मा वडा अध्यक्षका लागी स्वतन्त्र उमेदवार समेत रहनु भएका उनी आउदो प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने भएको छ्।
पत्रकारहरु संग कुरा कानी गर्दै आफू पुर्ण रुपले राजनीतिमा आउने उनले बताए।लहान नगरपालिका वडा नम्बर २४ मल्हनमा गाउँमा जन्मिएका उनी सानै उमेर देखि कला संगित र एल्बम चलचित्रको क्षेत्रमा लागेका थिए। कलाको प्रतिभा बाट निखारीएका उनले राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएका छन्।
Discussion about this post