शुभ नारायण यादव /सप्तरी । सप्तरीको महादेवा गाउपालिका वडा न.१ स्थित जनचेतना रा.प्रा.वि.बल्थीका विधालय ब्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवलाई समाचार प्रकाशन,प्रसारण भए पछि आधा धण्टा विधालय भवनमा बन्धक बनाएको पिडितले बताएको छ ।
सो विधालयका प्रधानाध्यापक मो.गुलजार उदीनले बिःब्यःसमितिका अध्यक्ष यादवलाई समाचार प्रकाशन,प्रसारण भए पछि सुनियोजित ढगंवाट विधालयमा बोलाएर प्र.अ.कोठामा आधा घण्टा बन्धक बनाएको सञ्चारकर्मी समक्ष बताउनुभयो । बिःब्यःसमितिका अध्यक्ष यादवलाई प्रअ मो उदीनले पत्रकारलाई बोलाएर समाचार किन प्रकाशन,प्रसारण गरेको, भन्दै दुब्र्बहार समेत गरेको थियो । महादेवा गापा १ का वडाध्यक्ष जयश्वर किशोर दासले आफुलाई यस विषयमा खवर पाए लगतै आए पछि बिःब्यःसमितिका अध्यक्ष यादवलाई प्र.अ.कोठामा ताला लगाएर बन्धक बनाएको देखेर कोठाको ताला खोलेर बन्धक मुक्त गरेको बताए । त्यस्तै महादेवा गापा १ स्थित रहेको पकरी प्रहरी चौकीका प्रहरी हब्लदार रामबालक यादवका अनुसार आफु पुगे पछि प्र.अ.कोठामा भिडलाई पन्छाएको बताए । स्थानिय अभिभावक मो.नियामतका अनुसार प्रअ मो.उदीनले बिःब्यःसमितिका अध्यक्ष यादवलाई सुनियोजित ढगंवाट विधालयमा बोलाएर प्र.अ.कोठामा आधा घण्टा बन्धक बनाएको सञ्चारकर्मी समक्ष बताउनुभयो । स्थानिय अभिभावक मो.दाउदका अनुसार प्रअ मो.उदीनले बिःब्यःसमितिका अध्यक्ष यादवलाई सुनियोजित ढगंवाट विधालयमा बोलाएर प्र.अ.कोठामा आफैले केही कागज टुक्रा पारेको सञ्चारकर्मी समक्ष बताउनुभयो । प्रअ मो उदीनले आफुले बिःब्यःसमितिका अध्यक्ष यादवलाई बन्धक नबनाएको सञ्चारकर्मी समक्ष बताए ।
Discussion about this post