दाङ / दाङमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ५५ वर्षीय लीला बहादुर खत्री रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। खत्रीलाई २०६१ साल चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले १५ वर्ष कैद सजाएको फैसला सुनाएको थियो।
उनी हालसम्म भारतको चण्डिगढमा लुकिछिपी बसिरहेका र छोराको तिथिमा गर्न घरमा आएको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले आइतबार बिहान करिब साढे ६ बजेतिर तुलसीपुर १० राईखल्यान आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।
खत्री राईखल्यानमा नयाँ घर बनाइ लुकिछिपी बस्दै आइरहेको प्रहरीले जनाएको छ। उनलाई आजै दाङ देउखुरी जिल्ला अदालतलाई बुझाइएको प्रहरीले जनाएको छ।
साथै अपराधिक क्रियाकलाप गरी फरार लुकीछिपी रहेका कोही भए जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।
Discussion about this post