इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष आलम अंसारीकाे हैकमवादी शैलीमा प्रस्तुत भएको छन् । वडाध्यक्ष अंसारी सत्ता र पावरकाे दुरुपयोग गर्दै स्थानीय जनताहरूलाई चालू आर्थिक वर्ष २०७९/८० काे याेजना तर्जुमा छनाैट कार्यक्रममा पाखा लगाएर आफुखुशी याेजना छनाैट गरेका कारण स्थानीय वडावासीहरू समेत अक्राेशीत बनेका हुन् ।
वडाध्यक्ष अंसारीसँग वडामा विकासकाे अवस्था के छ भन्दै प्रतिक्रिया लिन खाेज्दा, म पत्रकार, सत्रकार जान्दैनन्, काेही मेराे अगाडि बाेल्न सक्दैनन् भनेर औला ठड्याउदै प्रतिक्रिया दिएपछि स्थानीय वडावासीहरू समेत आक्राेशीत बनेका थिए ।
हैकमवादी शैलीमा प्रस्तुत भएका वडाध्यक्ष अंसारीले पावर र पहुँचकाे दम्भ समेत देखाएका छन् । उत्ता वडामा आफू कार्यालय समयमा नबस्ने, कार्यालय समयमा जग्गा व्यापार गर्न बिराटनगर, इटहरी लगायतका ठाउँ जाने गरेकाे र सेवाग्राहीहरूलाई विभिन्न वहानामा दुःख दिने गरेको आराेप छ ।त्यस्तै अंसारीले विगत १० वर्ष यता अबैध रूपमा जग्गाको काराेवार गरेर करोडौं रूपैयाँ बराबरको कालाेधन समेत आर्जन गरेको स्राेतकाे दाबी छ ।
Discussion about this post