शुभ नारायण यादव/ सप्तरी ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. –१ स्थित कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले मिनि ट्रक सहित अबेध गाजा बरामद गरेकाे छ । पुर्व पश्चिम लोकमार्गबाट को.१ ख् २९२५ नम्बरको मिनी ट्रकबाट गाँजा सहित अदुवा शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हाे ।
भारदह वेस क्याम्पबाट खटिएको शसस्त्र प्रहरी निरिक्षक किसमान तामाङ्ग नेतृत्वको टोलीले गएराती शंका लागी चेम जाँच गर्न खोज्दा चालक र सह–चालक फरार भएको छ भने सो मिनी ट्रकमा ७ पोका लागु ओषध गाँजा अन्दाजी १ सय ७५ किलो,अदुवा अन्दाजी ३ सय ५० किला र को.१ ख २९२५ नम्बरको मिनी ट्रक –१ थान नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाएको प्रहरी निरिक्षक तामाङ्गले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ । फरार रहेका ट्रकका चालक र सह–चालकको खोजी भईरहेको े जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
Discussion about this post