इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९-०८० का लागि ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार नवौं नगरसभाबाट इनरुवा नगरपालिकाकी उपप्रमुख विनिताकुमारी मेहताले २०७९÷०८० का लागि ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैंयाको अनुमानित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । इनरुवा नगरपालिकाले संघीय समानिकरण अनुदानबाट १९ करोड ४७ लाख रुपैया, संघीय ससर्त अनुदान २७ करोड ३६ लाख रुपैया, संघीय सम्पुरक अनुदान चालु अनुदान ५० लाख रुपैया, संघीय बिषेश अनुदान ७० लाख रुपैया, प्रदेश समानिकरण अनुदान १ करोड ८ लाख ९९ हजार रुपैया, प्रदेश सम्पुरक अनुदान १ करोड, प्रदेश ससर्त अनुदान २३ लाख ९४ हजार रुपैया, संघीय राजश्व वाडफाड १२ करोड ४६ लाख ३८ हजार रुपैयाँ, प्रदेश राजश्व वाडफाड(सवारी) ८६ लाख ३३ हजार ४१० रुपैयाँ, प्रदेश सरकार सम्पुरक अनुदान १ करोड र मालपोत रजिष्ट्रेशन शुल्क अन्य राजश्व सहितको आन्तरिक स्रोत १० करोड २६ लाख ८५ हजार रुपैयाँ गरेर जम्मा आर्थिक वर्ष २०७९÷०८० का लागि ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको उपप्रमुख मेहताले जानकारी दिनुभयो ।
प्रस्तुत नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई गुणस्तरीय एवं प्रविधिमैत्री बनाइने, नगर क्षेत्रको आधारभूत पूर्वाधार निर्माण गरिने, फोहोरमैला व्यवस्थापन, प्रकोप न्युनिकरण तथा वातावरण संरक्षणलाई जोड दिइएको छ ।
त्यसैगरी व्यवसायिक कृषि, पशुपालन तथा आयआर्जनका कृयाकलाप विस्तार गरिने, संस्थागत क्षमता अभिवृद्धिका लागि जनशक्ति विकास तथा सेवा प्रवाहका लागि आधारभूत पूर्वाधार निर्माण गर्ने र मापदण्ड अनुसारको भौतिक पूर्वाधार विकास र नीतिगत सुधारमा ध्यान दिइने विषय कार्यक्रममा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममा गौरबको आयोजनाका रुपमा इनरुवा १ मा रहेको शिव मन्दिर र इनरुवा २ को दुर्गा मन्दिरलाई समावेश गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो । त्यसैगरी शैक्षिक प्रोत्साहनका रुपमा नगर प्रमुुख छात्रवृती कार्यक्रम अन्र्तगत साइकल वितरण, जेष्ठ नागरिक मिलन केन्द्र निर्माणलाई समेत गौरबको आयोजनामा समेटिएको उहाँले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, वन तथा वातावरण, विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकास, कला साहित्यका साथै जातजाति तथा भाषा संस्कृतिको संरक्षण तथा संवद्र्धन लगायतका सवालमा समेत आवश्यकताका आधारमा यथेष्ट कार्यक्रम र बजेट खर्चिने कार्यक्रममा समावेश छ ।
जिमखाना संचालनमा ल्याइने, बजार तथा कार्यालय लक्षित सीसी क्यामेरा जडान, सार्वजनिक स्थानमा फ्रि वाइफाइ जडान, इनरुवा ४ मा रहेको कृषि थोक बजारमा आधुनिक संरचना निर्माण गरी प्रदेशकै नमूना बनाइने जस्ता कार्यक्रमलाई समेत नगरले वार्षिक योजनामा समावेस गरिएको उहाँले बताउनुभयो ।वार्षिक कार्यक्रममा व्यापारिक करमा छुट दिइने, रात्रिकालीन बजारको व्यवस्था मिलाइने, हरित नगरको निर्माण, उचित पार्किङ जस्ता योजना तथा कार्यक्रम समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।
हौसियर भन्दा पनि मितव्ययी तवरले बजेट निर्माण गरिएको नगर प्रमुख केदार भण्डारीले बताउनुभयो । विगतको घाटा बजेटलाई ख्याल गरी नीति तथा कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो । ठूलो आकारको बजेट ल्याउनु भन्दा पनि उपलब्ध स्रोतसाधन र अनुदानलाई ध्यानमा राखी बजेट ल्याएका उहाँले जानकारी दिनुभयो । बजेटले
Discussion about this post