इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा महिला नेतृत्व विकास सम्बन्धित तालिम सम्पन्न भएको छ ।
नगरपालिका वडा न. ६ को दलित भवनमा एक दिने महिला नेतृत्व कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम कल्पना राइको अध्यक्षता कार्यक्रम सुरु भएको थियोे । भने प्रदेश १ का सान्सद उमिता बराइलीले बाइनर बाचन गरेर कार्यक्रमको उद्घाटन गरेको थियो ।
तालिममा सहभागी भएका महिलाहरुलाई नेतृत्व विकास सम्बन्धि प्रशिक्षण जयकृष्ण यादवले दिएको थियो । प्रशिक्षणमा नेता,नेतृत्वको विशेषता र नेताको गुणको विषयमा जोड दिएको थियो । सहभागीहरु लाई प्रशिक्षक नेताका बारेमा उत्साहका प्रशनोतर गरेका थिए।कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेश सान्सद माननीय उमिता बराइली ,विशेष अतिथि बराहक्षेत्र नगरपालिका उप प्रमुख नन्द कुमार राई, अतिथिहरुमा बराहक्षेत्र नगरपालिका सदस्य रत्न बाहदुर रम्तेल ,कार्यपालिका सदस्य विष्णु कुमारी विष्ट कार्की ,नविना विक ,भगवती कटवाल ,मालती विक, दुर्गा राई ,वडा सदस्य जलेसा देवि जि वि, कोशिला देवि मुसहर , पुन्यवती श्रेष्ठ , संस्थापक तथा वडा न.८ का वडा सदस्य तुल्सा भट्टराई , प्रशिक्षक जयकृष्ण यादव सहित संस्थाका महिला सदस्यहरुको उपस्थिति रहेकोे थियो ।
Discussion about this post