वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित दुईवटा सप्लायर्सविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजस्व चुनावट गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध २ करोड २० लाख २८ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन् गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिई राजस्व रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ र पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएर राजस्व रकम ९९ लाख ९९ हजार ९९९ रुपैयाँ गरी २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।
न्यू पाथिभरा सप्लायर्स, हेटौंडा ४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको आयोगले जनाएको छ । ओम सप्लायर्सले ठेक्का सम्झौता कबुलियत सम्झौता पालना नगरी सार्वजनिक निकायलाई हानी नोक्सानी गरी उत्खनन् गरेर बिक्रीवापतको रकम नुबझाएको भन्दै सप्लायर्सका प्रोपाइटर ओमशंकर प्रसादले १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।
Discussion about this post