सुरेन्द्र मेहता / इनरुवा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगतकाे तरकारी बालीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमद्वारा कृषि सामग्री वितरण गरेका छन् ।भोक्राहा नरसिंह गाउँपालिकामा तरकारी क्षेत्रमा उत्पादन बढाउने उदेश्यका साथ कृषि क्षेत्रमा आधारित कृषकहरुलाई कृषि सामग्री वितरण गरेका हुन्।
भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत कृषि शाखाको सहयोगमा १ वटा कृषि समूह र २ वटा सहकारी संस्थाहरू मार्फत कृषि सामग्री वितरण गरिएको हाे ।
छनाैटमा परेका भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का उत्तम कृषि सहकारी संस्था लिमिटेड, समुदायीक महिला कृषि समूह र वडा नम्बर १ का सन्देश सहकारी संस्था लिमिटेडले विभिन्न ठाउँमा कार्यक्रमकाे आयाेजना गरि कृषि सामग्री वितरण गरेका छन् ।
भाेक्रहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले कृषि सामग्री वितरण कार्यक्रमलाई सम्वाेधन गर्दै भने आफू किसान छाेरा भएको कारण आफुलाई किसानहरूकाे मेहनत र दुःख थाहाँ भएको बताए ।
उनले भने भाेक्राहा नरसिंह गाउँपालिकामा कृषि बाली अन्तरगत तरकारी क्षेत्र विकास तथा पकेट क्षेत्र विस्तार गर्न आफू पछि नहट्ने बताए ।
त्यस्तै कृषि सामग्री वितरण कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चाैधरीले किसानहरूलाई सम्वाेधन गर्दै कृषि पेसा अधारित किसानहरूकाे लागि गाउँपालिका तर्फबाट सदैव साथ र सहयोग रह्ने बताइन् ।
उनले भने किसान दाजुभाइ दिदीबहिनीहरू रातदिन माटोमा रमाउने गरेपनि वहाँहरूकाे लागि संघिय सरकार र प्रदेश सरकारले थप कार्यक्रम ल्याउनुपर्ने र साना किसानहरूलाई कार्यक्रममा सहभागी गराउनुपर्ने बताइन् ।
उता कृषि सामग्री वितरण कार्यक्रमा उत्कृष्ट तरकारी किसान श्याम नारायण मेहतालाई गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले कदर पत्र, गम्छा र अबिरको टीका लगाई सम्मान गरेकाे थियो ।
कृषि सामग्री वितरण कार्यक्रम अन्तरगत किसानहरूलाई दैनिकी रूपमा आवश्यक पर्ने विषादी छर्ने इलेक्ट्रोनिक पावर स्प्रेयर (ट्यान्की ) त्रिपाल लगायतका सामग्री तीन वटै संस्थाले वितरण गरेको सन्देश सहकारी संस्था लिमिटेडका अध्यक्ष रुद्र नारायण साहले बताए ।
कार्यक्रमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद, उपाध्यक्ष सुनिता उराँव , भोक्राहा नरसिंह गाउँपालिका वडा न.१ का वडा अध्यक्ष लक्ष्मण मेहता , वडा न.४ का वडा अध्यक्ष हारुण अन्सारी , वडा नम्बर ५ का वडाध्यक्ष हबिव मंसुरी, वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादव, गाउँपालिकाका कर्मचारी विपुल यादव, प्रमुख रेणुका चाैधरी , सिताराम मेहता, महान्नद यादव, स्वकीय सचिव साेहेल अख्तर अंसारी, समाजसेवी तथा राजनीतिकर्मी इस्राइल मंसुरी, राजेन्द्र मेहता, प्रविण कुमार मेहता , नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य दिपेन्द्र यादव, पत्रकार सुरेन्द्र मेहता, पत्रकार राजेश मेहता लगायत स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post