इनरुवा । सुनसरीका किसानहरुले माघे सङ्क्रान्तिमा मौकामा चौका हान्ने भएको छ ।
माघे सङ्क्रान्ति आउन केही दिन मात्र बाँकी रहेकाले सुनसरीको दक्षिणवर्ती क्षेत्रका किसानहरुलाई तरुल खन्न र बेच्न चटारो परेको छ । गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य निकैँ राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो ।
किसानहरुलाई कम पूँजीमा राम्रो आम्दानी भएपछि यस वर्ष जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का स्थानीय किसान पूनितलाल मेहताले २ बिघामा तरुल खेती गरेका छन् ।
व्यावसायीक रुपमा तरुल खेती गरेका स्थानीय किसान मेहताले आफुँ हाट बजार बेच्न चादैँन तर उनले उत्पादन गरेको तरुल किन्न घरमै व्यापारीहरु आउने गरेको बताए ।
व्यापारीले व्यावसायिक रुपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरिद गर्न थालेपछि उनीहरु उत्साहित भएका हुन् ।
माघे सङ्क्रान्तिमा तरुलको बजार राम्रो भएपछि किसानहरुले उत्पादन गरेको तरुल स्थानीय बजार देखी शहरी बजार सम्म निकासी गर्नका लागि तरुल खन्न र बेच्न किसानहरु आतुर भएको इनरुवाका स्थानीय व्यापारी दिनेश यादवले जानकारी दिए ।
जिल्लाको भोक्राहा नरसिंह वार्ड नं. १,२,र ७ का किसानहरुले तरुलको व्यावसायीक खेती गर्दै आएका छन् भने बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, देवानगञ्ज गाउँपालिका लगायतका केही पहाडी क्षेत्रमा किसानहरुले तरुलको खेती गर्दै आएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उँरावले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख उँरावको भनाई अनुसार जिल्लामा अनुमानीत ५ हेक्टर क्षेत्रफलमा तरुल खेती गर्दै आएका छन् भने यस खेती तर्फ किसानहरुलाई थप आर्कशीत गर्नका लागि किसानहरुलाई उन्नत जातको तरुल अनुदानमा उपल्ब्ध गर्ने योजना बनाउने तयारीमा रहेको बताए ।
Discussion about this post