इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका वार्ड नं. ५ मा “लागु औषध नियन्त्रण सम्बन्धी“ जनचेतना मुलक कार्यक्रम समपन्न भएको छ ।
इलाका प्रहरी कार्यालय धरानको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम धरान उपमहानगरपालिका वडा नं. ५ देउराली स्थित रहेको हिमाली माध्यामिक विध्यालयको प्राङगणमा समपन्न भएको हो ।
सो कार्यक्रममा लागु औषध नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम समपन्न गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्की जानकारी दिए ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले लागु औषध सम्बन्धी जानकारी दिदैँ सो बाट हुने हानी नोक्सानी, घरगाउँ, समाजमा पर्ने असर र समस्या, व्यक्तिगत जिवनका असरहरुको साथै कानूनी प्रावधान समेतको बारेमा जानकारी गराएका थिए । भने कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक एमकुमार खत्रीले गरेका थिए ।
सो कार्यक्रममा हिमाली माध्यामिक विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानिय व्यक्तिहरुको उपस्थितीमा कार्यक्रम समपन्न भएको थियो ।
Discussion about this post